ओली–प्रचण्ड वार्ता साढे एक घण्टा चल्यो

ओली–प्रचण्ड वार्ता साढे एक घण्टा चल्यो

१८६ पटक पढिएको

काठमाडौं । पार्टी एकता प्रक्रियालाई अन्तिम रुप दिन वाम गठबन्धनका दुवै अध्यक्षबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको आज बिहान भएको भेटवार्ता करिब साढे १ घण्टा चलेको माओवादी केन्द्रको नीजि सचिवालयले जनाएको छ ।

पार्टी भित्र आन्तरिक छलफल गरेका वाम गठबन्धनका दुवै नेता छलफल भएको थियो । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले हिजो केन्द्रिय सचिवालय बैठकमा एकता प्रक्रिया निष्कर्श उन्मुख रहेको बताउदै राजनीतिक र सांगठनिक बिषयमा एमालेसंग सहमती जुटेको बताउनु भएको थियो ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपीओलीले माओवादी संगको एकता प्रक्रियाबारे आफ्नो दलका नेताहरुसंग अनौपचारिक छलफल गरिरहनु भएको छ ।

कार्यव्यस्थताका कारण हिजो साँझ साढे ६ बजे बोलाईएको एमाले स्थायी कमिटि बैठक भने स्थगित भएको थियो । सांगठनिक हिस्सेदारीमा कुरा नमिल्दा लम्बिएको एकता प्रक्रियालाई टुङ्गोमा पु¥याउने दुवै दलका शीर्ष नेता सकारात्मक छन् ।

बैशाख २२ गतेको माक्स जयन्तीको अवसरमा एकताको औपचारिक मिति घोषणा गर्ने तयारी दुवै दलले गरेका छन् । आजको बैठकले पार्टी एकताको मितिको अन्तिम टुंगो लगाउने बुझिएको छ ।