नियमावलीमा सहमती जुटाउन सभामुखको सक्रियता, बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

नियमावलीमा सहमती जुटाउन सभामुखको सक्रियता, बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

२५५ पटक पढिएको

काठमाडौं । सभामुख कृष्णबहादुर महराले संघीय संसदको नियमावलीमा मस्यौदामा सहमती जुटाउन गृहकार्य सुरु गर्नुभएको छ । दलहरुको विवादले नियमावली बन्न नसकिरहेका बेला सभामुख महराले कार्यव्यवस्था परामर्श समितिको बैठक राख्नु भएको छ ।

नियमावलीमा देखिएको विवादलाई सहमतीबाट समाधान गर्न सभामुख महराले सबै दलका प्रमुख सचेतक रहेको कार्य व्यवस्था परामर्श समितिको बैठक बोलाउनु भएको छ ।

सिंहदरबारमा दिउँसो एक बजे बोलाईएको समितिको बैठकमा सबै दलका प्रमुख सचेतकको उपस्थिती रहने सभामुखको नीजि सचिवालयले जनाएको छ । 
फौजदारी अभियोगमा पक्राउ पर्ने सांसदलाई तीन बर्ष भन्दा बढी कैदा सजायको माग गर्दा निलम्बन गर्ने वा नगर्ने विवादमा सहमती जुट्न नसक्दा समितिले नियमावली बनाउन सकेको छैन ।

एमाले र माओवादी तथा कांग्रेस र मधेश केन्द्रित दल फरक फरक पक्षमा उभिदा दुवै सदनका नियमावलीले अन्तिम रुप पाउन नसकेको हो । संसदको आगामी अधिवेशन बैशाख २३ गते सुरु हुदैछ ।