एकताको हलो कहाँ अड्कियो ? माओवादी सचिवालय बैठक बस्दै 

एकताको हलो कहाँ अड्कियो ? माओवादी सचिवालय बैठक बस्दै 

१३० पटक पढिएको

काठमाडौं । माओवादी केन्द्रले पार्टी एकता प्रक्रियाको समिक्षा गर्न केन्द्रिय सचिवालय समितिको बैठक बोलाएको छ । कोटेश्वरको पेरिसडाडाँस्थित केन्द्रिय कार्यालयमा बस्ने बैठक बिहान ११ बजेपछि सुरु हुनेछ ।

बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी एकताको औपचारिक घोषणामा भईरहेको ढिलाईबारे जानकारी गराउने कार्यक्रम रहेको छ । 
केन्द्रिय सचिवालय सदस्य गणेश शाहले एकता प्रक्रियामा उत्पन्न जटिलता र भावि रणनीति निर्माणका बिषयमा बैठकमा छलफल हुने एजेण्डा रहेको क्यापिटल समाचारलाई जानकारी दिनुभएको छ ।

बैठकमा अध्यक्ष दाहालले एकीकृत पार्टीको राजनीतिक दस्तावेज प्रस्तुत गर्ने कार्यसुचि समेत रहेको छ । माओवादीका एक नेताका अनुसार प्रक्रिया लम्बिदै जादाँ एकतामा थप जटिलता पैदा भएकाले टुङ्गोमा पुग्ने गरि गृहकार्य अघि बढाउन नेतृत्वलाई सुझाव दिने तयारी गरिएको छ ।    

एकीकृत पार्टीको सांगठनिक संरचनाको हिस्सेदारी र शीर्ष नेतृत्वको व्यवस्थापनमा कुरा नमिल्दा एकता प्रक्रियामा गतिरोध पैदा भएको छ । सोही कारण बैशाख ९ गते एकताको औपचारिक घोषणा गर्ने तयारी गरेका दुवै दल पछि हटेका थिए ।