टोटनह्याम च्याम्पियन्स लिग छनोटका नजिक

टोटनह्याम च्याम्पियन्स लिग छनोटका नजिक

७१ पटक पढिएको

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा टोटनह्याम हटस्परले वाटफोर्डलाई २–० ले पराजित गरेको छ ।

घरेलु मैदानमा सहज जित हात पार्दै टोटनह्याम अर्को सिजन च्याम्पियन्स लिग छनोटको नजिक पुगेको छ । डेन अलिले १६ औ मिनेटमा दिलाएका अग्रतालाई ह्यारी केनले ४८ औ मिनेटमा दोब्बर पारेका थिए । 

चौथो स्थानमा रहेको टोटनह्यामले ३५ खेलबाट ७१ अंक जोडेको छ । लिगमा तीन चरणको खेल बाँकी रहदा टोटनह्यामले पाँचौ स्थानको चेल्सी भन्दा ५ अंकको अग्रता लिएको छ । 

खेलपछि टोटनह्याम प्रशिक्षक माउरिसो पोचिटिनोले टोलीको प्रर्दशनबाट सन्तुष्ट नभएपनि महत्वपुर्ण तीन अंक प्राप्त गरेकोमा खुसी ब्यक्त गरे । क्लबले अगामी शनिबार लिग तालिकाको पुछारमा रहेको वेष्ट ब्रोमसंग प्रतिस्पर्धा गर्नेछ ।