चीनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने

चीनियाँ विदेशमन्त्री उत्तर कोरिया जाने

१७९ पटक पढिएको

एजेन्सी । चिनियाँ विदेशमन्त्री वाङ यिले उत्तर कोरियाको भ्रमण गर्ने भएका छन् । चीनिया विदेश मन्त्री वाङले अर्को महिनाको पहिलो साता उत्तर कोरियाको भ्रमण गर्न लागेका हुन् ।

उत्तर कोरियाली विदेशमन्त्री रि योङ होको निमन्त्रणमा वाङ उत्तर कोरिया जान लागेको चिनियाँ विदेश मन्त्रालयले जनाएको छ । 

उत्तर कोरिया र दक्षिण कोरियाबीच पछिल्लो समयमा विकसित राजनीतिक परिस्थितिले गर्दा उत्तर कोरियाप्रति विश्वको चासो बढ्दो छ ।

उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मुन जाए इनबीच गएको शुक्रबार कोरियाली प्रायदीपमा शान्ति स्थापनाका बारेमा एक महत्वपूर्ण सम्झौता भएको थियो । 

कोरियाली प्रायदीपमा शान्ति स्थापना भएपछि चिनियाँ विदेशमन्त्रीले गर्न लागेको उत्तर कोरिया भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।