‘सञ्जु’को पोष्टर सार्वजनीक, यस्तो देखिए रनविर 

‘सञ्जु’को पोष्टर सार्वजनीक, यस्तो देखिए रनविर 

७८९ पटक पढिएको

एजेन्सी । बलिउड अहिले एउटै चिजले गर्माएको छ । त्यो हो अभिनेता सञ्जय दत्तको वायोपिक फिल्म सन्जु । दर्शकको उत्सुकता फिल्मलाई लिएर जति छ, त्यत्तिनै सञ्जुका मुख्य अभिनेता रनविर कपुरको कामलाई लिएर छ ।

फिल्ममा सञ्जय दत्तको भुमिका भर्सटायल अभिनेताको छवि बनाएका रनविर कपुरले निभाएका छन् । हालैमात्र फिल्मका निर्देशक राजकुमार हिरानीले फिल्मको नयाँ पोष्टर सार्वजनीक गरेका छन् ।

जसमा सञ्जय दत्त २०१६ मा जेलबाट बाहिर आउदाको लुक्स समावेश छ । पोष्टरमा रणविरको लुक्स, सञ्जयसंग मिलेको देखिन्छ ।

फिल्म जुन २९ मा रिलिज हुदैछ । फिल्ममा सञ्जय दत्तका जिवनका विभिन्न अध्यायलाई समावेश गरेर बनाईएको छ ।