मेसीको ह्याट्रिकसंगै बार्सिलोनाले जित्यो स्पेनिस लिगको उपाधि

मेसीको ह्याट्रिकसंगै बार्सिलोनाले जित्यो स्पेनिस लिगको उपाधि

५६३ पटक पढिएको

एजेन्सी । स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ । गए राति भएको खेलमा डिर्पोटिभोलाई ४–२ ले पराजित गर्दै बार्सिलोनाले ला लिगा फुटबलको उपाधि उचालेको हो ।

बार्साको जितमा लियोनल मेसीले ह्याट्रिक गरे । अर्को गोल काउटिन्होको नाममा रह्यो । 

७ औ मिनेटमा पहिलो गोल गरेका मेसीले ८२ औ मिनेटमा दोस्रो र ८५ औ मिनेटमा ह्याट्रिक पुरा गरे । 

बार्सिलोनाले ३४ खेलबाट ८६ अंक जोडेको छ । एक खेल बढी खेलेको दोस्रो स्थानको एट्लेटिको मड्रिडको ७५ अंक छ ।

लिगमा ३ खेल खेल्न बाँकी रहेको दोस्रो स्थानको एट्लेटिको भन्दा ११ अंकले अगाडी रहको बार्सिलोनाले यस सिजनको घरेलु लिगको उपाधिमा कब्जा गरेको हो ।