उपसभापतिमा निधीलाई चयन गर्दै कांग्रेस सभापति देउवा

उपसभापतिमा निधीलाई चयन गर्दै कांग्रेस सभापति देउवा

१६८ पटक पढिएको

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीमा रिक्त पदाधिकारीको चयन गर्ने तयारी गर्नुभएको छ । महाधिवेशन सकिएको झण्डै साढे २ बर्षपछि सभापति देउवाले रिक्त पदाधिकारीको टुङ्गो लगाउन थालेका हुन् ।

पदाधिकारी चयन गर्न सभापति देउवाले आज निर्वाचित केन्द्रिय समितिको बैठक बोलाएका छन् । ललितपुरको सानेपास्थित पार्टी केन्द्रिय कार्यालयमा हुनेछ । कांग्रेस विधानमा महाधिवेशन सकिएको २ महिना भित्र रिक्त पदाधिकारी सहित विभाग गठन गर्नुपर्ने व्यवस्था छ । 

कांग्रेस विधानमा निर्वाचित पदाधिकारी बाहेक उपसभापति, महामन्त्री र सहमहामन्त्री एक एक जना गरि तीन जना मनोनित गर्नुपर्ने व्यवस्था छ ।

सभापति देउवाले उपसभापतिमा विमलेन्द्र निधी, महामन्त्रीमा पुर्णबहादुर खड्का र सहमहामन्त्रीमा प्रकाशशरण महतलाई मनोनित गर्ने तयारी गर्नुभएको छ ।