थ्रीस्टार कि मनाङ ? माइभ्याली गोल्डकपको उपाधि छिनोफानो आज

थ्रीस्टार कि मनाङ ? माइभ्याली गोल्डकपको उपाधि छिनोफानो आज

१३८ पटक पढिएको

काठमाडौं ।  इलाममा जारी माइभ्याली गोल्डकप फुटबलको उपाधी भिडन्तमा आज लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब र रुस्लान थ्री स्टार क्लवबीच प्रतिस्पर्धा हुँदैछ । खेल इलामको ठुलो टुँडिखेलमा दिउसो ३ बजे देखि सुरु हुनेछ । 

थ्री स्टार क्लबले एपीएफ क्लबलाई हराउदै फाइनलमा प्रवेश गरेको हो । मनाङले पनि विभागिय टोली नेपाल आर्मी क्लबलाई हराउदै चीरप्रतिद्धन्दी क्लबसंग उपाधि भिडन्त पक्का गरेको हो । 

दुवै टोलीमा राष्ट्रिय फुटबल टिमका अधिकांश खेलाडी समावेश भएकाले फाईनल खेल रोमाञ्चक हुने अपेक्षा गरिएको छ । निराजन खड्काको कप्तानीमा रहेको थ्रीस्टारलाई विमल घर्तिमगर सहित स्टार खेलाडीको साथ छ । विदेशी खेलाडी पिटर सेगुन र अजायी मार्टिन जस्ता खेलाडीले थ्रीस्टारलाई थप बलियो बनाएको छ । 

यता, विराज महर्जनको कप्तानीमा मैदान उत्रने तयारी गरेको मनाङमा सुजल श्रेष्ठ, विशाल श्रेष्ठ, रञ्जन विष्ट लगायतका स्टार खेलाडीको उपस्थिती छ । 

प्रतियोगिताको विजेताले ६ लाख ६६ हजार र उपविजेताले ४ लाख रुपैयाँ प्राप्त गर्नेछ। 

प्रतियोगितामा ३ विभागीय सहित १२ टिमको सहभागिता रहेको छ।