चेल्सीद्धारा स्वान्सी पराजित 

चेल्सीद्धारा स्वान्सी पराजित 

२५७ पटक पढिएको

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले स्वान्सी सिटीलाई पराजित गर्दै शीर्ष चारभित्र पर्ने सम्भावना जिवित राखेको छ । 
तालिकाको पाँचौ स्थानमा रहेको चेल्सीलाई स्वान्सीलाई १–० ले पराजित गर्दैै अर्को सिजन च्याम्पिन्स लिगमा छनोट हुने सम्भावनालाई कायमै राखेको हो । 

 

चेल्सीको जितमा एक मात्र गोल खेलको चौथो मिनेटमा सेस फाब्रिगासले गरेका थिए । जितपछि चेल्सलिे ३५ खेलबाट ६६ अंक जोडेको छ । 
लण्डन क्लब अझै एक खेल कम खेलेको टट्नह्याम भन्दा २ अंकले पछाडी छ । 
प्रिमियर लिगको उपाधि यसअघिनै म्यान्चेष्टर सिटीले जितिसकेको छ ।