चिनियाँ पर्यटक बस उत्तर कोरियामा दुर्घटनामा परेपछि सीको आदेश

चिनियाँ पर्यटक बस उत्तर कोरियामा दुर्घटनामा परेपछि सीको आदेश

४७८ पटक पढिएको

उत्तर कोरियाको ह्वाङ्गहाय पुक्टोमा भएको गम्भीर यातायात दुर्घटनामा परी ३४ जना चिनियाँ पर्यटकहरू चढेको बस पुलबाट खसेको छ। हालसम्म ३२ जनाको मृत्यु भएको छ भने अन्य २ जना गम्भीर घाइते भएका छन्।

सो दुर्घटनापछि चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवं केन्द्रीय सैन्य आयोगका अध्यक्ष सी चिनफिङले तुरून्तै सम्बन्धित महत्वपूर्ण आदेश दिनुभएको छ। उहाँले सबै आवश्यक कदम चाल्दै दुर्घटनापछिका सम्बन्धित कामलाई राम्रोसँग गर्न परराष्ट्र मन्त्रालय तथा उत्तर कोरियाका लागि चिनियाँ राजदूताबासलाई निर्देशन दिनु भएको छ। आगामी मे एक तारिखमा बिदा आउन लागेको बेला, बाहिर जाने पर्यटकहरूको संख्या बढ्दै जाने अवस्थामा विभिन्न क्षेत्र तथा सम्बद्ध विभागले सुरक्षाको प्रत्याभूति दिन र आपतकालीन कदमलाई सुधार गर्न पनि राष्ट्राध्यक्ष सीले जोड दिनुभएको छ।

चीनका प्रधानमन्त्री ली ख छ्याङले वास्तविक अवस्था बुझेर उपचार तथा दुर्घटनापछिका कामहरूलाई राम्रोसँग गर्नुपर्ने आदेश नुभएको छ। हाल सो दर्घटना क्षेत्रमा उद्धार कार्य भैरहेको छ।