निर्वाचनको सबै तयारी पूरा : निर्वाचन आयोग

निर्वाचनको सबै तयारी पूरा : निर्वाचन आयोग

६१० पटक पढिएको

प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको चुनाव १० मंसिरमा र दोस्रो चरणको चुनाव २१ मंसिरमा हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन सामाग्री र्पुयाउने, जनशक्ति व्यवस्थापन गर्ने लगायतका सबै काम पूरा भइसकेको जानकारी दिनुभयो । यससँगै २१ मंसिरको चुनावको लागि तयारी पनि अन्तिम चरणमा पुगेको उहँले जानकारी दिनुभयो । पहिलो चरणमा ३२ जिल्ला चुनाव हुँदैछ । यी जिल्लाहरुमा निर्वाचन अनुगमनकर्ताहरु २० गतेदेखि नै सम्वन्धित निर्वाचन क्षेत्रमा खटिएका छन् । २१ मंसिरमा दोस्रो चरणमा निर्वाचन हुने जिल्लाहरुमा भने ७ गतेदेखि अनुगमनकर्ताहरुलाई खटाइने छ । ती अनुगमनकर्ताहरुलाई मंगलबार तालिम दिइँदैछ । नेपाल सरकारका सचिव, सहसचिव स्तरका कर्मचारीहरुलाई अनुमगनकर्ताको रुपमा परिचालन गरिएको आयोगले जनाएको छ ।


यसैगरी सातवटै प्रदेशमा निर्वाचन विवाद निरुपण सम्वन्धमा राजनीतिक दलका प्रतिनिधिहरुसँग छलफल कार्यक्रम पनि राखिएको छ । निर्वाचनमा भाग लिएका दलका प्रतिनिधिहरुलाई छलफलमा बोलाइएको छ । छलफलमा सहभागीहरुलाई मत माग्न जाँदा मतदाता शिक्षा पनि दिन आग्रह गरिने प्रवक्ता ढकालले जानकारी दिनुभयो ।