सिआरआई अन्तर्राष्ट्रिय विभागका पदाधिकारीद्वारा  क्यापिटल एफ.एम. निरीक्षण

सिआरआई अन्तर्राष्ट्रिय विभागका पदाधिकारीद्वारा  क्यापिटल एफ.एम. निरीक्षण

५६३ पटक पढिएको

क्यापिटल मिडिया ग्रुपद्वारा संचालित क्यापिटल एफ एम ९२.४ मेगाहर्ज काठमाण्डौं र सिआरआई बेईजिङ्ग बिच हुँदै आएको सहकार्यको विषयमा थप छलफल भएको छ । छलफलमा चीनका तर्फबाट सुनहिङ ली, याङ यी फेंग, जाहो लियाङ र सिआरआइ नेपाली सेवा प्रमुख साङ्ग यु (बर्षा) को सहभागिता रहेको थियो भने क्यापिटल एफ.एमका तर्फबाट अध्यक्ष प्रकाशबाबु पौडेल र प्रबन्ध निर्देशक सुशील राउत तथा निर्देशक सुवोधचन्द्र श्रेष्ठको सहभागिता थियो ।

 

 

भ्रमणमा सहभागी चिनिया टोलीले क्यापिटल एफ.एमको स्तरोन्नती र आगामी यात्राको शुभकामना दिनुभएको थियो । विगत लामो समयदेखि प्रशारणमा रहेको क्यापिटल एफ.एम र सिआरआई बिच दीगो सम्बन्ध कायम गर्ने बिषयमा समेत छलफल भएको थियो । संचारमाध्यमको सम्बन्धले दुई देशबीचको निकटतामा सुधार आउने एफ.एम.का अध्यक्ष प्रकाशबाबु पौडेले बताउनु भएको छ ।  चाईना रेडियो इन्टरनेशनलका अन्तरराष्ट्रिय विभागका पदाधिकारीहरुले  क्यापिटल एफ.एम. को निरीक्षण समेत गर्नुभएको छ ।