नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम २०१८ पैचिङमा

नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम २०१८ पैचिङमा

३९८ पटक पढिएको

नेपाल पर्यटन प्रवर्द्धन कार्यक्रम २०१८ आज अप्रिल १९ तारिख दिउँसो पैचिङमा आयोजित भएको छ। चीनको लागि नेपाली राजदूतावास, नेपाल पर्यटन बोर्ड तथा नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाट्टा)को संयुक्त संयोजनमा आयोजित यस कार्यक्रममा एयर चाइना लगायत दुई देशका पर्यटन व्यवसायका प्रतिनिधिहरूले भाग लिएका छन्।

नेपालको पर्यटन क्षेत्रमा ठूलो निहित शक्ति रहेकोले भविष्यमा बढीभन्दा बढी चिनियाँ पर्यटक नेपाल घुम्न जाने आशा गरेका छौँ।नेपालमा पर्यटकीय गन्तव्यस्थलको संख्या तथा ढाँचालाई बढाउँदै ती थप गन्तव्य स्थलको पूर्वाधारको विकास, पथप्रदर्शकको गुणस्तर तथा भाषा क्षमता उकासिँदै नेपालको पर्यटन स्तरलाई बढाउने योजना गरेका छौं।

 

 

प्रवर्द्धन कार्यक्रममा नेपाल पर्यटन बोर्डका अधिकारीले नेपालको पर्यटन श्रोतबारे जानकारी गराएका छन्। कार्यक्रममा सहभागी चिनियाँ तथा नेपाली व्यवसायहरूले सम्भाव्य सहयोगबारे वैचारिक आदान प्रदान गरेका छन्।