स्पेनिस ला लिगामा तीन गोलसहित बार्सिलोनाको जीत

स्पेनिस ला लिगामा तीन गोलसहित बार्सिलोनाको जीत

१५८ पटक पढिएको

स्पेनिस ला लिगा फुटबल लिडर बार्सिलोनाले आफ्नो प्रभावशाली यात्रा कायम राखेको छ । लिग अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले लेगानेसलाई ३–० ले हराएको हो । अवे मैदानमा भएको खेलमा बार्सिलोनालाई जिताउन लुइस स्वारेजले दुई तथा पाउलिन्होले एक गोल गरे । पछिल्लो समय गोल गर्न नसकेका स्वारेजले २८ औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई पहिलो हाफमा १–० को अग्रता दिलाए । ६० औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गरेपछि बार्सिलोनाको अग्रता दोब्बर भयो । ९० औं मिनेटमा पाउलिन्होले गोल गर्दै बार्सिलोनालाई ३–० को जित दिलाए ।  जितपछि शीर्ष स्थानको बार्सिलोनाको १२ खेलबाट ३४ अंक भएको छ । उ दोस्रो स्थानको भ्यालेन्सिया भन्दा सात तथा तेस्रो स्थानको रियल मड्रिड भन्दा १० अंक अघि रहेको छ ।