अन्तर्राष्ट्रिय समाजसँगै बहुपक्षीय ब्यापारिक व्यवस्थाको संरक्षण गर्न चीन इच्छुक

अन्तर्राष्ट्रिय समाजसँगै बहुपक्षीय ब्यापारिक व्यवस्थाको संरक्षण गर्न चीन इच्छुक

२२२ पटक पढिएको

चीनको परराष्ट्र मन्त्रालयका प्रवक्ता ह्वा छुन यिङले सोह्र तारिख पैचिङमा अमेरिकाको एकपक्षीयतावाद र संरक्षणवादको नीतिले चीनको हितलाई बिगारेको मात्र नभई बहुपक्षीय ब्यापारिक व्यवस्था र विश्वका विभिन्न मुलुकको हितमा क्षति पुर्‍याउने कुरा औँल्याउनुभएको छ।

हाल अस्ट्रेलियाली विदेश मन्त्रीले आर्थिक खुलापन र ब्यापारिक स्वतन्त्रतातर्फ अस्ट्रेलिया प्रयासरत् रहेको बताउँदै अमेरिकाले एकतर्फी रुपमा केही ब्यापारिक साझेदारका लागि कर उठाएको गतिविधिबारे ख्याल-विचार गरेको बताउनुभयो।

यस विषयबारे चर्चा गर्दै प्रवक्ता ह्वाले अस्ट्रेलियाको उक्त धारणाबाट अन्तर्राष्ट्रिय समाजको विस्तृत मन्तव्य प्रतिबिम्बित गरिएको बताउनुभयो। अन्तर्राष्ट्रिय समाज सँगसँगै एकपक्षीयतावाद र संरक्षणवादको विरोध गर्नुका साथै बहुपक्षीय ब्यापारिक व्यवस्था संरक्षण गर्न चीन इच्छुक रहेको कुरा पनि प्रवक्ता ह्वाले औँल्याउनुभएको छ।