४-० को फरकको साथमा चेल्सी तेश्रो स्थानमा उक्लियो

४-० को फरकको साथमा चेल्सी तेश्रो स्थानमा उक्लियो

१२२ पटक पढिएको

इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा प्रभावशाली जित निकाल्दै चेल्सी तेस्रो स्थानमा उक्लिएको छ । अवे मैदानमा भएको खेलमा चेल्सीले वेष्ट ब्रोमलाई ४–० ले हराएको हो । एन्टोनियो कोन्टेको टिम चेल्सीलाई जिताउन इडन हजार्डले दुई तथा अल्भारो मोराटा र मार्कस एलोन्सोले एक एक गोल गरे । जितपछि टोटनह्यामलाई पछि पार्दै तेस्रो स्थानमा उक्लिएको चेल्सीको १२ खेलबाट २५ अंक भएको छ । चेल्सी दोस्रो स्थानको म्यानचेस्टर युनाइटेड भन्दा एक अंकले पछि छ भने चौथो स्थानमा झरेको टोटनह्याम भन्दा दुई अंकले अघि रहेको छ । राति नै भएको अर्को खेलमा लिभरपुलले साउथह्याम्पटनलाई ३–० ले हरायो । घरेलु टोली लिभरपुलको जितमा मोहम्मद सालहले दुई तथा फिलिप कोन्टिन्होले एक गोल गरे । जितपछि पाँचौं स्थानको लिभरपुलको १२ खेलबाट २२ अंक भएको छ । यस्तै रातिनै भएको अर्को खेलमा आर्सनलले उपाधि होडमा आफूलाई प्रस्तुत गर्दै आएको टोटनह्यामलाई पराजित गरेको छ । घरेलु मैदानमा भएको खेलमा डर्बीमा आर्सनलले टोटनह्यामलाई २–० ले हराएको हो । यता जोसे मोरिन्होको टिम म्यानचेस्टर युनाइटेडले पनि  शानदार जित दर्ता गरेको छ । घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडले न्युक्यासल युनाइटेडलाई ४–१ ले पराजित गरेको हो ।