चीन र नेपाल बीचको चलचित्र तथा टेलिभिन कार्यक्रमको आदान-प्रदान पार्नुपर्ने नेपाली चलचित्रकर्मीको भनाइ

चीन र नेपाल बीचको चलचित्र तथा टेलिभिन कार्यक्रमको आदान-प्रदान पार्नुपर्ने नेपाली चलचित्रकर्मीको भनाइ

२६० पटक पढिएको

नेपाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सवका अध्यक्ष के.पी. पाठकले आज अप्रिल पन्ध्र तारिख पैचिङमा केन्द्रीय रेडियो र टेलिभिजन स्टेशनलाई अन्तर्वार्ता दिँदै चीन र नेपाल दुवै देशका जनता बीचको पारस्परिक समझदारीलाई प्रबर्द्धन गर्नका लागि चीन र नेपाल बीचको चलचित्र तथा टेलिभिन कार्यक्रमको आदान-प्रदानलाई सबल पार्ने बताउनु भएको छ।

अध्यक्ष पाठकका अनुसार, चीन र नेपाल बीचको मित्रता युगौं युगदेखि रहँदै आएको छ। तर भौगोलित स्थिति भएकाले दुवै देश बीचको सांस्कृतिक आदान-प्रदान निकै अभाव रहेको छ। हजारौँ परिवारमा प्रचलित चलचित्र र टेलिभिजन मामिलाबाट दुई देश बीच आदान-प्रदान गरिने पुलको स्थापना गर्नसकिनेछ। दुवै मुलुकका चलचित्र र टेलिभिजनका स्रोत निकै प्रशस्त छ भने पारस्परिक समझदारीलाई गहन पार्नु नै दुवै देशका जनताहरूको साझा अभिलाषा रहेको छ।अध्यक्ष पाठक आठौँ पैचिङ अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा सहभागी हुनका लागि पैचिङ आउनु भएको हो।