राष्ट्राध्यक्ष सी चिन फिङद्बारा नयाँ संशोधित अध्यादेशमा हस्ताक्षर

राष्ट्राध्यक्ष सी चिन फिङद्बारा नयाँ संशोधित अध्यादेशमा हस्ताक्षर

२८० पटक पढिएको

चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिको सैन्य आयोगका अध्यक्ष सी चिन फिङले हाल नयाँ संशोधित "चिनियाँ जन मुक्ति सेनाको गृह मामिला अध्यादेश", "चिनियाँ जन मुक्ति सेनाको परिपाटी अध्यादेश" र "चिनियाँ जन मुक्ति सेनाको पङ्क्ति अध्यादेश" जारी गर्ने आदेशमा हस्ताक्षर गर्नुभएको छ। ती अध्यादेशहरू आगामी मे एक तारिखदेखि लागू हुने कुरा सिन्ह्वा समाचार समितिले जनाएको छ।

नयाँ संशोधित अध्यादेशहरूमा सेनालाई सशक्त बनाउने सी चिन फिङको विचारधारालाई सम्पूर्ण रुपमा व्यवहारमा उतार्ने, पार्टीले जन सेनाको आधिकारिक नेतृत्वलाई कायम राख्ने र नयाँ परिस्थितिमा रहेको सैनिक रणनैतिक कार्यनीतिलाई व्यवहारमा उतार्ने महत्वपूर्ण विषयहरू समेटिएको छ।

उक्त अध्यादेशहरू नयाँ युगमा सेनालाई व्यवस्थित रुपमा निर्माण गर्ने आधारभूत कानुन हुनुका साथै सेनाका समस्त सदस्यहरूले सम्मान गर्ने नियम पनि हुन्।