पैचिङस्थित नेपाली दूतावासमा नव वर्ष समारोह

पैचिङस्थित नेपाली दूतावासमा नव वर्ष समारोह

१५७ पटक पढिएको

नेपाली पात्रो अनुसार विक्रम संवत् २०७५ शुरू भएको उपलक्ष्यमा पैचिङस्थित नेपाली दूतावासले शनिवार एउटा साँस्कृतिक कार्यक्रमको आयोजना गरेको छ। कार्यक्रममा चीनका लागि नेपाली राजदूत लीलामणि पौड्यालले सबै नेपाली तथा नेपालप्रति शुभेच्छा राख्नुहुने चिनियाँ मित्रहरूप्रति शुभकामना व्यक्त गर्नुभयो।

कार्यक्रममा चीनका विभिन्न विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थीहरूले नाचगान तथा अभिनय प्रस्तुत गरेका थिए भने नेपाली भाषा अध्ययन गरिरहेका चिनियाँ विद्यार्थीहरूले पनि नाचगान देखाएका थिए।

कार्यक्रममा चिनियाँ शुभेच्छुकहरू, चीनका विभिन्न ठाउँमा काम, अध्ययन तथा व्यवसायका सिलसिलामा रहेका झण्डै ५ सय भन्दा बढी नेपालीहरूको सहभागिता रहेको थियो।