राजनीतिक उपाय नै सिरिया समस्या समाधानको एउटै विकल्प भएको चीनको ठहर

राजनीतिक उपाय नै सिरिया समस्या समाधानको एउटै विकल्प भएको चीनको ठहर

१४६ पटक पढिएको

संयुक्त राष्ट्रसंघ, सुरक्षा परिषद्ले अप्रिल तेह्र तारिख मध्यपूर्व परिस्थितिबारे एउटा खुला सम्मेलन बोलाएर प्यालेष्टाइन-इजरायल समस्या र सिरिया परिस्थिति लगायत मध्यपूर्वको परिस्थितिबारे विचार-विमर्श गरेको छ। संयुक्त राष्ट्र संघका महासचिव आन्टोनिओ गुटेरेसले सम्मेलनमा सम्बद्ध अवस्थाबारे जानकारी दिनुभएको छ।

सिरिया परिस्थितिबारे चर्चा गर्दै संयुक्त राष्ट्रसंघका लागि चिनियाँ आवासीय प्रतिनिधि मा चाउ स्युले सिरिया परिस्थितिमा चीनले उच्च महत्व दिएको बताउँदै तनावपूर्ण परिस्थिति सम्भवत: चर्कंदै जाने कुराप्रति चीन चिन्तित रहेको पनि बताउनुभएको छ।

सैन्य कारवाहीबाट सिरिया समस्याको समाधान गर्न नसकिने भन्दै प्रतिनिधि माले राजनीतिक तरिका मात्रै सिरिया समस्याको समाधान गर्ने एउटै उपाय हो भन्ने कुरामा जोड दिनुभयो।