पैचिममा राज्यपरिषद सदस्य याङ र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारबीच भेटवार्ता

पैचिममा राज्यपरिषद सदस्य याङ र भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकारबीच भेटवार्ता

१२५ पटक पढिएको

चिनियाँ कम्युनिष्ट पार्टी, केन्द्रीय समिति, राजनीतिक ब्यूरोका सदस्य एवम् केन्द्रीय वैदेशिक मामिला कार्यालयका प्रमुख याङ चे छले तेह्र तारिख शाङ्गहाईमा भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजित दोभलसँग भेटवार्ता गर्नुभएको छ।

सिन्ह्वा समाचार समितिका अनुसार भेटवार्तामा उहाँहरूले गत वर्षको सेप्टेम्बर महिनामा राष्ट्राध्यक्ष सी चिन फिङ तथा प्रधानमन्त्री नरेन्द्र मोदी बीच स्यामन भेटघाटपछि दुवै देशको सम्बन्धमा नयाँ प्रगति प्राप्त भएको कुरामा सर्वसम्मति जनाउनुभयो। सम्पूर्ण र गहन रुपमा चीन-भारत सम्बन्धलाई अघि बढाउनु नै दुवै देशका जनताको साझा प्रतिक्षा नै हो। जुन दुवै पक्षीय मुलभूत हित अनुकूल हुनुका साथै एशिया तथा समस्त विश्वको स्थिरता, विकास र समृद्धिका लागि हितकर हुनेछ। दुवै पक्षले दुई मुलुकका नेताबीच सम्पन्न मतैक्यता र भावना बमोजिम नयाँ सहकार्य विस्तार गरी द्वीपक्षीय सम्बन्धको सुमधुर भविष्य सिर्जना गर्दै जाने आशा पनि उहाँहरूले व्यक्त गर्नुभएको छ।