अमेरिकी राष्ट्रपतिद्वारा सिरियामाथि सैन्य प्रहारको घोषणा

अमेरिकी राष्ट्रपतिद्वारा सिरियामाथि सैन्य प्रहारको घोषणा

३३६ पटक पढिएको

केही दिनअघि सिरियाको पूर्वी कछाड क्षेत्रमा भएको "रासायनिक हतियार आक्रमण"को जवाफी कारवाई गर्नका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तेह्र तारिख राति बेलायत र फ्रान्ससँगै सिरियाली सैन्य प्रबन्धमाथि निश्चित प्रहार गर्न अमेरिकी सेनालाई आदेश दिइसकेको घोषणा गर्नुभएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

राष्ट्रपति ट्रम्पले तेह्र तारिख राति नौ बजेतिर टेलिभिजनमार्फत भाषण गर्दै आफूले भर्खरै सिरिया सरकारसँग सम्बन्धित रासायनिक हतियार प्रबन्धमाथि निश्चित प्रहार गर्न अमेरिकी सेनालाई आदेश दिएको जानकारी दिनुभयो। साथै उहाँले सिरियामा "रासायनिक हतियार आक्रमण"को अवस्था देखापर्नुमा रूसमाथि दोषारोपण गर्नुभएको छ।

यसैबीच सिरियाली राष्ट्रिय टेलिभिजन स्टेशनले स्थानीय समय चौध तारिख सबेरै अमेरिका लगायतका मुलुकहरूले सिरियाको राजधानी दमस्कसमाथि सैनिक कारवाई गरेको जनाएको छ।