"नयाँ युगको चीन" शीर्षकको अन्तर्राष्ट्रिय गोष्ठी लण्डनमा सम्पन्न

"नयाँ युगको चीन" शीर्षकको अन्तर्राष्ट्रिय गोष्ठी लण्डनमा सम्पन्न

२१९ पटक पढिएको

राष्ट्रिय सिर्जनशीलता र विकास रणनीति अनुसन्धान परिषद्, चिनियाँ अन्तर्राष्ट्रिय प्रकशान ग्रुप, २१ औँ कमिटी र बेलायतका लागि चिनियाँ राजदुताबासको संयोजकत्वमा "नयाँ युगको चीन" शीर्षकको अन्तर्राष्ट्रिय गोष्ठी अप्रिल एघार तारिख लण्डनमा सम्पन्न भएको छ। सो गोष्ठी सी चिन फिङ: चीनको शासन व्यवस्थाको दोस्रो भाग बहु भाषी पुस्तकको विमोचन समारोहलाई साथ दिने कार्यक्रम रहेको सिन्ह्वा समाचार समितिले जनाएको छ।

राज्य परिषद प्रेस कार्यालयका प्रमुख च्याङ चेन कोले गोष्ठीलाई सम्बोधन गर्दै नयाँ युगको चीनमा सारा विश्वको विकासका लागि सिर्जना गर्ने अवसर झन् झन् बढी हुँदै जाने, विश्वका विभिन्न मुलुकका लागि खुला हुने द्बार झन् झन् खुलस्त हुँदै जाने, विभिन्न किसिमको सभ्यतासँगको आदान-प्रदान झन् झन् विस्तृत हुँदै जाने र मानव जाति भाग्य एकरुपताका लागि दिइने योगदान झन् झन् महत्वपूर्ण हुँदै जाने कुरामा जोड दिनुभएको छ।