राष्ट्राध्यक्ष सी तथा पोआउ एशिया मञ्च वार्षिक सम्मेलनमा सहभागी चिनियाँ र विदेशी व्यवसायी प्रतिनिधिहरू बीच गोष्ठी

राष्ट्राध्यक्ष सी तथा पोआउ एशिया मञ्च वार्षिक सम्मेलनमा सहभागी चिनियाँ र विदेशी व्यवसायी प्रतिनिधिहरू बीच गोष्ठी

२८१ पटक पढिएको

चीनका राष्ट्राध्यक्ष सी चिन फिङ र पोआउ एशिया मञ्च सन् 2018 वार्षिक सम्मेलनमा सहभागी चिनियाँ र विदेशी व्यवसायी प्रतिनिधिहरू बीच आज अप्रिल एघार तारिख पोआउमा एउटा गोष्ठीको आयोजना गरिएको सिन्ह्वा समाचार समितिले जनाएको छ।

गोष्ठीमा राष्ट्राध्यक्ष सीले चिनियाँ अर्थतन्त्रको भविष्यप्रति आशावादी रहेको कुरामा जोड दिनुभएको छ। चीनले लगानी गर्न अथवा सिर्जनशील कार्य चलाउनका लागि देशी र विदेशी व्यवासयीलाई अझ खुलस्त र व्यवस्थित वातावरण सिर्जना गर्ने जानकारी पनि उहाँले दिनुभएको छ।

विभिन्न मुलुकका व्यवसायीहरूले चीनको सुधार र खुलापनको नयाँ प्रक्रियामा अझ ठूलो भूमिका निर्वाह गर्नुका साथै अझ ठूलो विकास गर्नसक्ने आशा पनि उहाँले उक्त गोष्ठीमा व्यक्त गर्नुभएको छ।