विश्वकप फुटबल आजबाट सुरु हुँदै

विश्वकप फुटबल आजबाट सुरु हुँदै

रसियामा आजदेखि विश्वकप फुटबल प्रतियोगिता सुरु हुदैँछ। प्रतियोगिताको उद्घाटन खेलमा आज आयोजक रसिया र साउदी अरेबिया भिड्दैछन्। खेल मस्को स्थित राष्ट्रिय रंगशाला लुजनेकीमा हुनेछ। फिफा वरियता अनुसार विश्वकपमा सहभागि रसिया सबैभन्दा कमजोर मुलुक हो। तर आयोजक र समर्थकका हिसाबले रसिया फाइदामा रहनेछ। रसिया फिफा वरियतामा ७० औँ स्थानमा छ भने साउदी अरेबिया ६७ औँ स्थानमा छ।

विश्वकपका लागि काठमाडौं प्रशासनले जारी गर्‍यो १० बुँदे सूचना

विश्वकपका लागि काठमाडौं प्रशासनले जारी गर्‍यो १० बुँदे सूचना

जिल्ला प्रशासन कार्यालय काठमाडौंले विश्वकप फुटबलको सार्वजनिक प्रदर्शन गर्दा कुनैपनि शुल्क उठाउन नपाउने व्यवस्था गरेको छ। प्रशासन कार्यालयले सोमबार १० बुँदे सूचना जारी गर्दै प्रशासनको अनुमतिमा मात्र फुटबल देखाउन पाइने व्यवस्था समेत गरेको छ। त्यस्तै फुटबल प्रदर्शन गर्ने ठाउँमा अनिवार्य सिसीटिभी राख्नुपर्ने सूचनामा उल्लेख छ। प्रशासनले खेललाई लिएर जीत हारमा बाजी राख्न समेत प्रतिबन्ध लगाएको छ। सूचनामा भनिएको छ - खेलको हार जीत लगायतको विषयलाई लिएर कुनैपनि प्रकारको निषेधित जुवा, सट्टेबाजी, लगानी, कारोबार आदि गर्न गराउन, खेल खेलाउन पाइने छैन। विश्वकप फुटबलको २१ औं संस्करण आउने बिहीबारदेखि रूसमा सुरू हुँदैछ। प्रशासन कार्यालयले खेल सुरु हुनु तीन दिन अघि नै सूचना प्रकाशित गरेको हो। प्रशासन कार्यालयले आयोजकले फुटबल प्रदर्शन गर्दा अनिवार्य रुपमा स्थानीय सुरक्षा निकायसँग समन्वय गर्नुपर्ने व्यवस्था गरेको छ। साथै विश्वकप हेर्दा होहल्ला गर्न समेत नपाइने सूचनामा उल्लेख छ।

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा

साबिकको विजेता रियल मड्रिड च्याम्पियन्स लिगको फाइनलमा प्रबेश गरेको छ ।

आईपीएलमा बेङ्गलोरद्वारा मुम्बई १४ रनले पराजित 

आईपीएलमा बेङ्गलोरद्वारा मुम्बई १४ रनले पराजित 

आईपीएल क्रिकेटको पछिल्लो खेलमा रोयल च्यालेन्जर्स बैङ्गलोरले मुम्बई इन्डियन्सलाई पराजित गरेको छ ।

टोटनह्याम च्याम्पियन्स लिग छनोटका नजिक

टोटनह्याम च्याम्पियन्स लिग छनोटका नजिक

इङ्लिस प्रिमियर लिग फुटबलको पछिल्लो खेलमा टोटनह्याम हटस्परले वाटफोर्डलाई २–० ले पराजित गरेको छ ।

चेन्नईद्वारा दिल्ली १३ रनले पराजित 

चेन्नईद्वारा दिल्ली १३ रनले पराजित 

इण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा चेन्नई सुपर किंग्सले दिल्ली डेयर डेभिल्सलाई १३ रनले पराजित गरेको छ ।

मेसीको ह्याट्रिकसंगै बार्सिलोनाले जित्यो स्पेनिस लिगको उपाधि

मेसीको ह्याट्रिकसंगै बार्सिलोनाले जित्यो स्पेनिस लिगको उपाधि

स्पेनिस ला लिगा फुटबलको उपाधि बार्सिलोनाले जितेको छ ।

थ्रीस्टार कि मनाङ ? माइभ्याली गोल्डकपको उपाधि छिनोफानो आज

थ्रीस्टार कि मनाङ ? माइभ्याली गोल्डकपको उपाधि छिनोफानो आज

इलाममा जारी माइभ्याली गोल्डकप फुटबलको उपाधी भिडन्तमा आज लक्ष्मी हुन्डाई मनाङ मस्र्याङदी क्लब र रुस्लान थ्री स्टार क्लवबीच प्रतिस्पर्धा हुँदैछ ।

चेल्सीद्धारा स्वान्सी पराजित 

चेल्सीद्धारा स्वान्सी पराजित 

एजेन्सी । इङ्लिस प्रिमियर लिग फुटबलमा लण्डन क्लब चेल्सीले स्वान्सी सिटीलाई पराजित गर्दै शीर्ष चारभित्र पर्ने सम्भावना जिवित राखेको छ । 

राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी वैशाख १३ देखि

राष्ट्रिय क्रिकेट प्रतियोगिता आगामी वैशाख १३ देखि

काठमाडौँ, २८ चैत । मनमोहन मेमोरियल क्रिकेट सेन्टरको आयोजनामा सोह्र वर्षमुनिको मनमोहन मेमोरियल अन्तर प्रदेश राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने भएको छ । 

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd