नेपाल बन्द हल्ला मात्र

नेपाल बन्द हल्ला मात्र

काठमाडौं उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको ट्राफिक प्रहरीले जानकारी दिएको  छ । उपत्यका भित्रने र बाहिरिने गाडी भने हिजो अस्तिको भन्दा कम चलेको मुख्य नाका नागढुंगा प्रहरीले जनाएको छ ।

बम विस्फोटनको घटनामा अमेरिकी चासो 

बम विस्फोटनको घटनामा अमेरिकी चासो 

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा बढ्दो बम विस्फोटनका घटनाले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असरपर्ने संकेत देखिएको छ । बम विस्फोटकै घटनालाई लिएर नेपालस्थित अमेरिकी दूतावासले नेपाल भम्रणमा रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।

विस्फोटक पदार्थ बरामद

विस्फोटक पदार्थ बरामद

नेकपा माओवादी (विप्लव) समूहका मेची अञ्चल ब्यूरो सदस्य दीपक लकान्द्री भनिने खोमप्रसाद लकान्द्रीको घरबाट प्रहरीले हिजो विस्फोटक पदार्थ (डेटोनेटर) बरामद गरेको छ । 

 निर्वाचनको सबै तयारी पूरा : निर्वाचन आयोग

निर्वाचनको सबै तयारी पूरा : निर्वाचन आयोग

प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको चुनाव १० मंसिरमा र दोस्रो चरणको चुनाव २१ मंसिरमा हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन सामाग्री र्पुयाउने, जनशक्ति व्यवस्थापन गर्ने लगायतका सबै काम पूरा भइसकेको जानकारी दिनु

शान्ति सम्झौता भएको आज ११ वर्ष पूरा

शान्ति सम्झौता भएको आज ११ वर्ष पूरा

सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्तिसम्झौता भएको आज ११ वर्ष पूरा भएको छ । ०६३ मंसिर ५ मा दुई पक्षबीच सम्झौता भएको थियो । त्यससँगै माओवादीको सशस्त्र द्वन्द्व अन्त्य भएको थियो ।

गैँडाकोटमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

गैँडाकोटमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

पूर्व पश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको गैँडाकोटमा हिजो राति रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा दुईजनाको ज्यान गएको छ ।

माओबादी अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको निधन

माओबादी अध्यक्ष प्रचण्ड पुत्र प्रकाश दाहालको निधन

प्रचण्डपुत्र प्रकाश दाहालको निधन भएको छ । पारिवारिक स्रोतका अनुसार आइतबार बिहान नर्भिक अस्पतालमा उनको निधन भएको हो । दाहालको निधन भएको औपचारिक घोषणा गरिएको छैन । केहीबेरमा अस्पतालले पत्रकार सम्मेलन गर्दैछ ।

तीनजना प्रगतिशील लेखक गिरफ्तार

तीनजना प्रगतिशील लेखक गिरफ्तार

प्रगतिशील लेखक संघ (प्रलेस) का उपाध्यक्ष खेम थपलियासहित तीन जनालाई प्रहरीले शुक्रबार गिरफ्तार गरेको छ । प्रलेसको मासिक परिसंवाद कार्यक्रमबाट फर्कने क्रममा बागबजारबाट हिजो साँझ थपलियालाई नियन्त्रणमा लिई महानगरीय प्रहरी परिसर टेकुमा राखिएको छ ।

 बाला चतुर्दशी मनाईदै 

 बाला चतुर्दशी मनाईदै 

देशभर बालाचतुर्दशी पर्व मनाईँदै छ ।। कृष्ण चतुर्दशी पर्वका अवसरमा आज पशुपतिनाथ लगायत देशभरका शिव मन्दिरमा रातभर जागाराम बसेर भोली बिहान सतबिज छर्ने चलन छ ।

निर्वाचनले बढायो पेट्रोलियम पदार्थको खपत

निर्वाचनले बढायो पेट्रोलियम पदार्थको खपत

निर्वाचन नजिकिँदै जाँदा पेट्रोलियम पदार्थको खपत बढेको छ । आगामी १० र २१ मंसिरमा हुने  प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि  सवारी गतिविधि बढ्दा पेट्रोल र डिजेलको माग वृद्धि भएको हो । आयल निगमका अनुसार पछिल्लो समय मुलुकभर पेट्रोलको दैनिक खपत करिब १२ सय किलोलिटर पुगेको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd