नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड शनिबार बन्द

नारायणगढ–मुग्लिन सडकखण्ड आगामी शनिबार दिनभर बन्द हुने भएको छ । सडक खण्डको सेती दोभानमा रहेको एउटा ठूलो ढुंगालाई व्यवस्थापन गर्न शनिबार दिउँसो १० बजेदेखि साँझ ५ बजेसम्म ७ घण्टाका लागि सडक बन्द गर्न लागिएको हो ।

दोश्रो चरण निर्वाचनको मतपत्र छपाई शुरु

दोश्रो चरण निर्वाचनको मतपत्र छपाई शुरु

निर्वाचन आयोगले दोस्रो चरणमा निर्वाचन हुने ४५ जिल्लामा प्रत्यक्षतर्फको मतपत्र छपाईको काम सुरु भएको जनाएको छ ।  दोस्रो चरणमा निर्वाचन हुने क्षेत्रमा १ करोड २२ लाख मतदाता छन् । दोस्रो चरणमा निर्वाचन हुने कुल मतदाताको १० प्रतिशत वढी संख्यामा मतपत्र छापिने निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी द

पूर्वराष्ट्रपति रामवरणमाथि अपमान

पूर्वराष्ट्रपति रामवरणमाथि अपमान

पूर्वराष्ट्रपति डा. रामवरण यादवमाथि सार्वजनिक बेइज्यती भएको छ । सरकारले गत साउन महिनादेखि पूर्वराष्ट्रपतिको आवासको भाडा नतिरेको भन्दै घरबेटीले १५ दिनभित्र घर खाली गरिदिन आज पत्रिकामा सूचना प्रकाशित गरेपछि उहाँको बेईजत भएको हो ।

सौराहामा हुने भयो अन्तर्राष्ट्रिय भैंसी सम्मेलन

सौराहामा हुने भयो अन्तर्राष्ट्रिय भैंसी सम्मेलन

वैज्ञानिकहरुले भैंसीको प्रजनन प्रविधि, यसको स्वास्थ्य, पोषण एवं व्यवस्थापन विधि, अनुवांशिक प्रविधि जस्ता विषयमा करिब ९० वटा कार्यपत्र प्रस्तुत गर्नेछन् । आयोजक समितिका सदस्यसचिव डा भूमिनन्द देवकोटाका अनुसार सम्मेलनमा इन्टरनेशनल ‘बफेलो’ फेडेरेसनका महासचिव एन्तोनी बोरगिज, एसियन बफेलो एसोसिएसनका...

डोटीमा जीप दुर्घटना, ३ को मृत्यु, ८ घाइते

डोटीमा जीप दुर्घटना, ३ को मृत्यु, ८ घाइते

डोटीको केआई सिंह गाउँपालिकामा बस दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् । केआई सिंह गाउँपालिकाको तिखात्तरबाट दिपायल आइरहेको से १ ज २६५ नम्बरको बोलेरो जीप सोही गाउँपालिकाको वडा नं. ३ देउरडीमा दुर्घटना हुँदा चालक खेमराज ओझा सहित तीन जनाको मृत्यु भएको प्रहरीले जनाएको

कहाँ हराए पशुपतिका ३५० रोपनी जग्गा ?

कहाँ हराए पशुपतिका ३५० रोपनी जग्गा ?

पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेका करिब ३५० रोपनी जग्गा फेला पार्न सकेको छैन । सांसद्को सार्वजनिक लेखा समितिले १२ बर्षअघि साढे तीन सय रोपनी जग्गा खोजी गर्न निर्देशन दिए पनि अझै त्यो काम हुन सकेको छैन । 

एनआरएनए अध्यक्षमा ११ सय ९७ मतका साथ भवन भट्ट विजयी

एनआरएनए अध्यक्षमा ११ सय ९७ मतका साथ भवन भट्ट विजयी

गैरआवासिय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।  संघको राजधानीमा भएको आठौं विश्वसम्मेलनबाट अध्यक्षकी प्रत्यासी जमुना घलेलाई भारी मतान्तरले पराजित गर्दै भट्ट विजयी भएका हुन् । गएराती सम्पन्न मतगणनामा भट्टले ११ सय ९७ मत प्राप्त गरेका छन् भने घलेले ५ सय ८४ मत प्राप्त गरेकी छन्।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd