दोलखाको मतदान केन्द्रमा बढ्यो तनाव

दोलखाको मतदान केन्द्रमा बढ्यो तनाव

उनीहरूले टाढाबाट गुलेलीले ढुङगा प्रहार गरिरहेकोले थप सुरक्षा माग गरिएको जनाइएको छ । नेविसंघका महामन्त्री कुन्दन काफ्ले नेतृत्वको बाहिरबाट आएको समूहले केन्द्रमा आक्रमण गरेपछि तनाव सुरु भएको आरोप लगाइएको छ । यो ठाउँमा गत स्थानीय तहको चुनावमा पनि बुथ कब्जा गर्न खोज्दा तनाव भएको थियो ।

चुनाबको बेलामा बम आतंक बढ्दो

चुनाबको बेलामा बम आतंक बढ्दो

आज बिहान २ बजेको समयमा भण्डारीको औरही नगरपालिका २ स्थित घरको अगाडि बम विस्फोट भएको हो । जिल्ला प्रहरी कार्यालय महोत्तरीले भण्डारीको घरको अगाडि रहेको पोखरीको डिलमा विस्फोट भएको र त्यसले कुनै किसिमको क्षति नभएको जनाएको छ ।

कसले कहाँ–कहाँबाट गरे मतदान ?

कसले कहाँ–कहाँबाट गरे मतदान ?

पश्चिम रुकुमका प्रतिनिधिसभा सदस्य उम्मेदवार तथा विना विभागीय मन्त्री जनार्दन शर्मा रुकुम मुसिकोट नगरपालिका-५ का मतदाता हुन्हुन्छ। उहाँको मतदान केन्द्र यमुनानन्द नमूना उमावि हो । उहाँले यहीबाट मतदान गर्नुभएको छ । कांग्रेसका चीनकाजी श्रेष्ठ र एमालेका पृथ्वी सुब्बा गुरुङले पनि आजै मतदान सहभागी हुनुभएको

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन सुरु

प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको पहिलो चरणको निर्वाचन सुरु

यसै निर्वाचनमार्फत् नयाँ संविधानले व्यवस्था गरेका शासकीय प्रबन्धलाई लागु गराउने तथा ऐतिहासिक उपलब्धिहरुलाई संस्थागत गर्ने महत्वपूर्ण बाटो खुल्नेछ । यही निर्वाचनबाट चुनिएर आउने जनप्रतिनिधिले राष्ट्रिय सभा निर्माण गर्नेदेखि राष्ट्रपति-उपराष्ट्रपतिसमेतको चयन गर्नेछ । पहिलो चरणमा मतदान भइरहेका क्षेत्रमा

राष्ट्रिय परिचयपत्र छपाइले गति लियो

राष्ट्रिय परिचयपत्र छपाइले गति लियो

हरेक नेपालीको जैविक तथा वैयक्तिक विवरणलाई सुरक्षित रूपमा भण्डारण गर्ने उद्देश्यसहित शुरु गर्न लागिएको राष्ट्रिय परिचयपत्र वितरणको कार्यले अब मूर्त रुप लिने भएको छ । 

मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो

मतदान केन्द्र नजिकै राखिएको बम निष्क्रिय गरियो

दक्षिणी धादिङको गजुरी गाउँपालिका वडा नं ५ स्थित गजुरी पीडामावि मतदान केन्द्र नजिकै आज सकेट बम फेला परेको छ । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा माओवादीले राखेको सो बम नेपाली सेनाले निष्क्रिय पारेको छ । 

नेपाल बन्द हल्ला मात्र

नेपाल बन्द हल्ला मात्र

काठमाडौं उपत्यकामा अहिले सामान्य रुपमा गाडी चलिरहेको ट्राफिक प्रहरीले जानकारी दिएको  छ । उपत्यका भित्रने र बाहिरिने गाडी भने हिजो अस्तिको भन्दा कम चलेको मुख्य नाका नागढुंगा प्रहरीले जनाएको छ ।

बम विस्फोटनको घटनामा अमेरिकी चासो 

बम विस्फोटनको घटनामा अमेरिकी चासो 

प्रतिनिधि र प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा बढ्दो बम विस्फोटनका घटनाले नेपालको पर्यटन क्षेत्रमा नकारात्मक असरपर्ने संकेत देखिएको छ । बम विस्फोटकै घटनालाई लिएर नेपालस्थित अमेरिकी दूतावासले नेपाल भम्रणमा रहेका आफ्ना नागरिकलाई सुरक्षित रहन आग्रह गरेको छ ।

विस्फोटक पदार्थ बरामद

विस्फोटक पदार्थ बरामद

नेकपा माओवादी (विप्लव) समूहका मेची अञ्चल ब्यूरो सदस्य दीपक लकान्द्री भनिने खोमप्रसाद लकान्द्रीको घरबाट प्रहरीले हिजो विस्फोटक पदार्थ (डेटोनेटर) बरामद गरेको छ । 

 निर्वाचनको सबै तयारी पूरा : निर्वाचन आयोग

निर्वाचनको सबै तयारी पूरा : निर्वाचन आयोग

प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको चुनाव १० मंसिरमा र दोस्रो चरणको चुनाव २१ मंसिरमा हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन सामाग्री र्पुयाउने, जनशक्ति व्यवस्थापन गर्ने लगायतका सबै काम पूरा भइसकेको जानकारी दिनु

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd