राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधी शुरु

राष्ट्रिय सभा निर्वाचनका लागि मौन अवधी शुरु

काठमाडौं । पर्सि हुने राष्ट्रिय सभा निर्वाचनका लागि गएराती १२ बजे देखि मौन अवधी शुरु भएको छ । निर्वाचन सुरु हुने दिन भन्दा ४८ घण्टा अघिबाट मौन अवधी शुरु भएको हो । हिजै रातिबाट मौन अवधीको समयमा उम्मेदवार, कार्यकर्ता, मतदाता, सञ्चारमाध्यम लगायत कुनै पनि संघ संस्थाले चुनाव प्रचार प्रसारका गतिविधि गर्न

सुष्मा स्वराजको राजनीतिक भेटवार्ता जारी 

सुष्मा स्वराजको राजनीतिक भेटवार्ता जारी 

नेपालको दुईदिने भ्रमणमा आउनु भएको  भारतीय विदेश मन्त्री सुष्मा स्वराजले राजनीतिक भेटवार्तालाई आज पनि निरन्तरता दिदै हुुनुहुन्छ । उहाँले आज बिहान माओबादी केन्द्रका अध्यक्ष  सँग भेटवार्ता गर्नुभएको छ ।

अर्थ मन्त्रालयले सातै प्रदेशमा ५० करोड रुपैयाँ पठाउँदै 

अर्थ मन्त्रालयले सातै प्रदेशमा ५० करोड रुपैयाँ पठाउँदै 

अर्थ मन्त्रालयले चालु खर्चका लागि सातै प्रदेशमा आज करिब ५० करोड रुपैयाँ पठाउने भएको छ । प्रदेश सभाको पहिलो बैठक बोलाउने तयारी भइरहदा अर्थ मन्त्रालयले सबै प्रदेशमा गरी आज सो रकम पठाउन लागेको हो ।

भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै 

भारतीय विदेशमन्त्री स्वराज नेपाल आउँदै 

भारतीय विदेशमन्त्री सुष्मा स्वराज २ दिने औपचारिक भ्रमणका लागि आज नेपाल आउँने कार्यक्रम रहेको छ  ।  विशेष विमानमा उच्चस्तरीय टोलीसहित विदेशमन्त्री स्वराज दिउँसो साढे ३ बजे काठमाडौं आइपुग्ने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

बाम एकता संयोजन समितिको बैठक बस्दै

बाम एकता संयोजन समितिको बैठक बस्दै

पार्टी एकता प्रक्रियाबारे छलफल गर्न बाम एकता संयोजन समितिको बैठक आज बस्ने भएको छ । राष्ट्रियसभा सदस्य निर्वाचनमा साझा उम्मेदवारीसँगै प्रादेशिक सरकारमा ७० र ३० को भागबण्डा गरेका एमाले र माओवादी केन्द्रले आजबाट एकीकरण प्रक्रियाबारे छलफल गर्न लागेका हुन् ।

आर्थिक सहायता रोक्न निर्वाचन आयोगको निर्देशन

आर्थिक सहायता रोक्न निर्वाचन आयोगको निर्देशन

निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि आचारसंहिता लागू भएको अवधिमा कुनै पनि आर्थिक सहायता रकम उपलब्ध नगराउन सरकारलाई निर्देशन दिएको छ । मन्त्रिपरिषद्को हरेक बैठकबाट आर्थिक सहायता वितरण भइरहेको सार्वजनिक भएपछि आयोगले यस्तो निर्देशन जारी गरेको हो ।

प्रदेशसभा ३ को पहिलो बैठक आज बस्दै

प्रदेशसभा ३ को पहिलो बैठक आज बस्दै

प्रदेशसभाको पहिलो बैठक आज बस्ने भएको छ । प्रदेश नम्बर ३ को प्रदेशसभा बैठक आज हेटौडामा बस्न लागेको हो । हेटौंडामा आज पहिलोपटक बस्न लागेको बैठकमा प्रदेशसभाको अन्तरिम कार्यविधी पास गर्ने र सभामुख चयनको प्रस्ताव सम्भावित कार्यसूचीमा राखिएको छ ।

सरकार छाड्न ढिलाइ भएको छैन : प्रधानमन्त्री

सरकार छाड्न ढिलाइ भएको छैन : प्रधानमन्त्री

प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एमालेलाई सरकारमा आउने हतारोका कारण सरकार छाड्न ढिलाइजस्तो देखिएको बताउनु भएको छ ।

प्रधान न्यायाधीश गोपाल पराजुली प्रहरी घेरामा

प्रधान न्यायाधीश गोपाल पराजुली प्रहरी घेरामा

ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि प्रधान न्यायाधीश गोपाल पराजुली प्रहरी छानविनको घेरामा पर्नु भएको छ । प्रधान न्यायाधीश पराजुलीले आफूलाई ज्यान मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले आज जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा निवेदन दिनु भएको थियो ।

 प्रधानन्यायाधीशद्वारा मार्ने धम्की : वरिष्ठ अधिवक्ता भण्डारी

प्रधानन्यायाधीशद्वारा मार्ने धम्की : वरिष्ठ अधिवक्ता भण्डारी

प्रधानन्यायाधीश गोपाल पराजुलीले आफूलाई मार्ने धम्की दिएको भन्दै वरिष्ठ अधिवक्ता डा.सुरेन्द्र भण्डारीले सुरक्षाको माग सहित जिल्ला प्रशासन कार्यालय काठमाडौंमा निवेदन दिनुभएको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd