रविन्द्र मिश्रको आक्रोस, कम्युनिष्टको नाममा कलंक हौ

रविन्द्र मिश्रको आक्रोस, कम्युनिष्टको नाममा कलंक हौ

विवेकशिल साझा पार्टीका संयोजक रविन्द्र मिश्रले अनसनरत डा. गोविन्द केसीको मागप्रति सरकार उदासिन भएको भन्दै चर्को आक्रोश पोख्नु भएको छ । सामाजिक सञ्जाल ट्वीटर मार्फत असन्तुष्टि पोख्दै संयोजक मिश्रले जनताको स्वास्थ्य सेवाकालागि निस्वार्थ लड्ने डा. केसीप्रति संवेदनशिल हुन सरकारसंग माग गर्नुभएको हो । 

ईपीजी बैठकले सरकारलाई सुझाव पेश गर्दै
 धादिङको पहिरोः पाँच जनाको मृत्यु,७ घर पुरिए 
राजपाको महाधिवेशन तयारी तिब्र
कांग्रेस जिल्ला सभापतिको भेलामा बन्दशत्र आजपनि जारी रहने

कांग्रेस जिल्ला सभापतिको भेलामा बन्दशत्र आजपनि जारी रहने

तीन दिनदेखि जारी कांग्रेस जिल्ला सभापतिको भेला आज पनि हेटौडामा जारी छ । भेलाको तेस्रो दिन बैठक सम्पन्न गर्ने तयारी गरिएपनि जिल्ला सभापतिले बोल्ने क्रम नसकिएपछि बैठक लम्बिने भएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले भेलाको बन्दशत्र आजपनि जारी रहने क्यापिटल समाचारलाई जानकारी दिनुभएको छ ।

कांग्रेस जिल्ला सभापतिको भेलामा आजबाट बन्दसत्र शूरु

कांग्रेस जिल्ला सभापतिको भेलामा आजबाट बन्दसत्र शूरु

हेटौंडामा जारी कांग्रेस जिल्ला सभापतिको भेलामा आजबाट बन्दसत्र शूरु हुँदैछ । हिजो सुरु जिल्ला सभापतिको भेलाको अहिले साढे ९ बजेदेखि बन्दसत्र शूरु हुने कांगे्रस प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आज हेटौंडामा शुरू हुँदै

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आज हेटौंडामा शुरू हुँदै

नेपाली कांग्रेसको जिल्ला सभापतिहरुको चौथो राष्ट्रिय भेला आज हेटौंडामा शुरू हुँदैछ । तीन दिनसम्म चल्ने भेलामा पार्टी पदाधिकारी, केन्द्रीय सदस्य र जिल्ला सभापतिहरु हेटौंडामा जम्मा भएका छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दै

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्दैछ । अपरान्ह ४ बजे हेटौडामा बस्न लागेको केन्द्रीय समिति बैठकमा भोलिबाट हुने जिल्ला सभापतिहरुको भेलाबारे एजेन्डा तय गर्ने र समसामयिक राजनीतिक परिस्थिति बारे छलफल हुने कांग्रेस केन्द्रीय सदस्य प्रकाशमान सिंहले जानकारी दिनुभएको छ ।। 

संघीय संसदको संयुक्त बैठक आज बस्दै

संघीय संसदको संयुक्त बैठक आज बस्दै

संघीय संसदको संयुक्त बैठक आज बस्दै छ । संसद भवन नयाँ बानेश्वरमा अपराह्न चार बजे बस्ने बैठकले संघीय संसदको संयुक्त बैठक र संयुक्त समिति कार्य सन्चालन नियमावली ०७५ पारित गर्नेछ ।

प्रधानमन्त्री केपी शर्मा ओली यही असार ५ गतेदेखि  औपचारिक चीन भ्रमणमा

प्रधानमन्त्री केपी शर्मा ओली यही असार ५ गतेदेखि औपचारिक चीन भ्रमणमा

प्रधानमन्त्री केपी शर्मा ओलीको यही असार ५ गतेदेखि हुने औपचारिक चीन भ्रमणमा करिव एक दर्जन सहमति र सम्झौता हुने भएका छन् । तर, यातायात तथा पारवहन प्रोटोकलले भने अन्तिम रुप नपाउने भएको छ । 

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd