मौन अवधि शुरु 

मौन अवधि शुरु 

पहिलो चरणमा आइतबार ३२ जिल्लामा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य चुनावको मौन अवधि जारी छ । गएराति १२ बजेदेखि मौन अवधि शुरु भएकाले राजनीतिक दल तथा उम्मेदवारले सम्बन्धित जिल्लामा मतदातासँग भोट माग्न पाउने छैनन् ।

जनतालाई भुलाउनका लागि मात्र गठबन्धन : मन्त्री गिरी

जनतालाई भुलाउनका लागि मात्र गठबन्धन : मन्त्री गिरी

लहान, ७ मंसिर । शहरी विकासमन्त्री दीलानाथ गिरीले शान्त र समृद्ध मुलुक निर्माणका लागि राप्रपालाई जिताउनुपर्ने बताउनुभएको छ ।शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय राजविराजको निरीक्षण गर्न आइपुग्नुभएका मन्त्री गिरीले आज सञ्चारकर्मीसँगको कुराकानीमा राप्रपाले जितेमात्र मुलुक समृद्ध बन्न सक्

भक्तपुरमा निर्वाचन आचारसंहिता उल्लंघन

भक्तपुरमा निर्वाचन आचारसंहिता उल्लंघन

प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा भक्तपुरमा चिर्वाचन आचारसंहिता उल्लंघन बढेको छ । निर्वाचन नजिकिँदै गर्दा जिल्लाका विभिन्न स्थानमा तुल झुण्ड्याउने, ब्यानर र झण्डा राख्नेक्रम बढेको हो । 

चुनावपछि नयाँ युग : ओली

चुनावपछि नयाँ युग : ओली

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आसन्न चुनावपछि देश नयाँ युगतर्फ अघि बढ्ने बताउनुभएको छ ।सुर्खेतको वीरेन्द्रनगरमा बिहीबार आयोजित वाम गठबन्धनको चुनावी आमसभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका ओलीले चुनावपछि स्थिर सरकार बन्ने भएकाले देशमा नयाँ युगको सुरुआत हुने जानकारी दिनुभयो । 

विस्फोटक पदार्थ बरामद

विस्फोटक पदार्थ बरामद

नेकपा माओवादी (विप्लव) समूहका मेची अञ्चल ब्यूरो सदस्य दीपक लकान्द्री भनिने खोमप्रसाद लकान्द्रीको घरबाट प्रहरीले हिजो विस्फोटक पदार्थ (डेटोनेटर) बरामद गरेको छ । 

रसुवामा सिमा बन्द र निषेधित क्षेत्र घोषणा

रसुवामा सिमा बन्द र निषेधित क्षेत्र घोषणा

मंसिर १० गते हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनको लागि आज राति १२ बजेदेखि रसुवागढी सीमानाका बन्द हुने भएको छ । मतदान हुनुभन्दा ७२ घण्टा अगाडि नै सीमानाका बन्द गर्नु पर्ने भएकाले आज राति १२ देखि मंसिर १० गते राति १२ बजेसम्म रसुवागढी बन्द हुने रसुवा जिल्लाका प्रमुख जिल्ला अधिकारी चोमेन्द्र न्यौपानेले

आचारसंहिता विपरित कर्मचारी सरुवा फाइल २४ घण्टा भित्र उपलब्ध गराउ : निर्वाचन आयोग

आचारसंहिता विपरित कर्मचारी सरुवा फाइल २४ घण्टा भित्र उपलब्ध गराउ : निर्वाचन आयोग

निर्वाचन आयोगले आचारसंहिता विपरित हुने गरी भएका कर्मचारी सरुवा सम्बन्धी फाइल २४ घण्टा भित्र उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ । आचारसंहिता विपरित कर्मचारी सरुवा गरेको भन्दै आयोगले २४ घण्टाभित्र सम्पूर्ण कागजपत्र उपलब्ध गराउन निर्देशन दिएको हो ।

 निर्वाचनको सबै तयारी पूरा : निर्वाचन आयोग

निर्वाचनको सबै तयारी पूरा : निर्वाचन आयोग

प्रदेशसभा र प्रतिनिधिसभाको पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । पहिलो चरणको चुनाव १० मंसिरमा र दोस्रो चरणको चुनाव २१ मंसिरमा हुँदैछ । निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले निर्वाचन सामाग्री र्पुयाउने, जनशक्ति व्यवस्थापन गर्ने लगायतका सबै काम पूरा भइसकेको जानकारी दिनु

शान्ति सम्झौता भएको आज ११ वर्ष पूरा

शान्ति सम्झौता भएको आज ११ वर्ष पूरा

सरकार र तत्कालीन विद्रोही माओवादीबीच विस्तृत शान्तिसम्झौता भएको आज ११ वर्ष पूरा भएको छ । ०६३ मंसिर ५ मा दुई पक्षबीच सम्झौता भएको थियो । त्यससँगै माओवादीको सशस्त्र द्वन्द्व अन्त्य भएको थियो ।

कम्युनिष्ट पार्टीका पाँच नेता पक्राउ

कम्युनिष्ट पार्टीका पाँच नेता पक्राउ

बैतडीमा विल्पव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाँचजना नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । नेकपाका कार्यकर्ताले चुनाव विरोधी गतिविधि गर्न सक्ने भन्दै उनीहरुलाई जिल्लाका विभिन्न स्थानबाट पक्राउ गरिएको प्रमुख जिल्ला अधिकारी सिद्धराज जोशीले जानकारी दिनुभयो ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd