सैंतीस मोटरसाइकल र सात गाडी नियन्त्रणमा

सैंतीस मोटरसाइकल र सात गाडी नियन्त्रणमा

चितवनमा अनुमति नलिई सञ्चालनमा आएका ३७ मोटरसाइकल र सातवटा गाडी प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख दीपक थापाले  जिल्लाभरिका विभिन्न स्थानबाट ती साधनलाई नियन्त्रणमा लिइएका जानकारी दिनुभयो । 

चुनावका क्रममा बम विष्फोट हामीले गराएका हौँ : नेत्रविक्रम चन्द विप्लव

चुनावका क्रममा बम विष्फोट हामीले गराएका हौँ : नेत्रविक्रम चन्द विप्लव

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले चुनावका क्रममा भएका बम विष्फोटका घटनाको जिम्मेवारी लिँएको छ ।

गगन थापालाई लक्षित गरी बम बिष्फोटमा संलगन विप्लव समूहका ६ जना पक्राउ / बम समेत बरामद

गगन थापालाई लक्षित गरी बम बिष्फोटमा संलगन विप्लव समूहका ६ जना पक्राउ / बम समेत बरामद

नेपाली कांग्रेसका उम्मेदवार गगन थापालाई लक्षित गरी बम बिष्फोट गराएको आरोपमा विप्लव समूहका ६ जना पक्राउ परेका छन् ।

सप्तरीबाट फर्जी मतदाता पक्राउ

सप्तरीबाट फर्जी मतदाता पक्राउ

अर्काको नाममा मतदान गर्न खोज्ने दुई जना सप्तरीको छुट्टाछुट्टै ठाउँबाट पक्राउ परेका छन् ।

आफू नै विजयी हुने : लालबाबु पण्डित

आफू नै विजयी हुने : लालबाबु पण्डित

मोरङ क्षेत्र नम्बर ६ का उम्मेदवार एवम् पूर्वमन्त्री लालबाबु पण्डितले आफू विजयी हुने दावी गरेका छन् । विराटनगरस्थित महेन्द्र मोरङ क्याम्पसमा मतदान गरेलगत्तै उनले संचारकर्मीमाझ आफू विजयी हुने आत्मविश्वास बढेको प्रतिक्रिया दिएका हुन् ।

भक्तपुरमा एमाले–कांग्रेस कार्यकर्ताबीच झपड : दुईजना घाइते

भक्तपुरमा एमाले–कांग्रेस कार्यकर्ताबीच झपड : दुईजना घाइते

भक्तपुरको बालकोटस्थित गणेश प्राविको मतदान केन्द्रमा एमाले–कांग्रेस कार्यकर्ताबीच झपड भएको छ । झडपमा दुईजना घाइते भएका छन् । घाइते हुनेमा युवा संघका केन्द्रीय सदस्य रोशन बस्नेतसमेत छन् । उनीहरुको भक्तपुरस्थित नागरिक हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान : निर्वाचन आयोग

दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान : निर्वाचन आयोग

आज मंसिर २१ गते जारी निर्वाचनमा दिउँसो १ बजेसम्म ४० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ । दोस्रो चरणको निर्वाचनमा प्रतिनिधिसभा सदस्यका लागि १२८ निर्वाचन क्षेत्र र प्रदेशसभा सदस्यका लागि २५६ निर्वाचन क्षेत्रका गरी सात हजार ७५२ मतदान स्थलका १५ हजार ३४४ मतदान केन्द्रमा मतदान भइरहेको छ।

स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा चार राउण्ड हवाइ फाइर

स्थिति नियन्त्रणमा लिन प्रहरीद्वारा चार राउण्ड हवाइ फाइर

कौडेना गाउँपालिकाको फुलपरासी बुथमा नेपाली कांग्रेस र राजपा कार्यकर्ताहरुबीच झडप हुँदा स्थिति नियन्त्रणमा लिन प्रहरीले चार राउण्ड हवाई फायर गरेको छ ।

सिके राउत पक्राउ

सिके राउत पक्राउ

जनकपुरधाम, २१ मंसिर। स्वतन्त्र मधेश गठबन्धनका संयोजक सिके राउतलाई पक्राउ गरिएको छ । जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार राउतलाई जनकपुरको माछाबजारबाट बिहान ९ः३० बजे पक्राउ गरिएको हो । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनविरूद्ध अभियानको आरोपमा राउतलाई पक्राउ गरिएको बताइएको छ । 

ग्राउन्डको हिरो मै हुँ : प्रकाशमान सिंह

ग्राउन्डको हिरो मै हुँ : प्रकाशमान सिंह

काठमाडौं क्षेत्र नम्बर १ का कांग्रेस उम्मेदवार प्रकाशमान सिंहले मतदान गरेका छन्। प्रतिनिधिसभाका उम्मेदवार रहेका उनले काठमाडौं क्षेत्र नम्बर ७ मा पर्ने पकनाजोलको युवक उच्च मावि मतदान केन्द्रबाट मतदान गरेका हुन् ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd