एसइई परीक्षामा चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना

एसइई परीक्षामा चिट चोर्ने चोराउनेलाई एक लाख जरिवाना

केन्द्रबाट सञ्चालन हुने यो बर्षको अन्तिम माध्यमिक शिक्षा परीक्षा (इसइई) को तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । ४ लाख ८५ हजार ८ सय ८६ जना परीक्षार्थी सहभागी हअुने यो परीक्षामा नियमित र एक्जाम्टेडको छुट्टाछुट्टै प्रश्नपत्र छापिएको छ ।

चिनियाँ कम्पनीले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ देखि संचालनमा आउने

चिनियाँ कम्पनीले निर्माण गरिरहेको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ देखि संचालनमा आउने

नेपालको भैरहवामा निर्माणाधिन राष्ट्रिय गौरवको आयोजना गौतम बुद्ध (भैरहवा) अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य तीव्र रूपमा जारी छ।

एश्वर्याले ‘रात र दिन’ को लागि १० करोड मागिन्

एश्वर्याले ‘रात र दिन’ को लागि १० करोड मागिन्

एजेन्सी । पुर्व मिस वल्र्ड तथा बलिउड चर्चित अभिनेत्री ऐश्वर्या राय बच्चनले नयाँ फिल्म खेल्न १० करोड पारिश्रमिक मागेकी छन् । १९६७ मा प्रदर्शनमा आएको फिल्म ‘रात र दिन’को रिमेक फिल्ममा नरगिस दत्तको भूमिका निर्वाह गर्न ऐश्वर्याले १० करोड पारिश्रमिक मागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।

शिवपुरीमा पूर्वराजाले गरे पौने घण्टा पूजा

शिवपुरीमा पूर्वराजाले गरे पौने घण्टा पूजा

पश्चिम नेपालको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाहले बुधबार धनगढीको उत्तरबेहडी शिवपुरी धामस्थित उत्तररामेश्वरम् ज्योतिर्लिंगको दर्शन गरेका छन् । दिउँसो नेपालगञ्जबाट धनगढीमा गाडीमा आएर उनले एक सय आठ फिट अग्लो ज्योतिर्लिंगको दर्शन गरेका हुन् ।

मधेसमा शीतलहरले सकस, अधिकतम र न्युनतम तापक्रमबीच धेरै अन्तर

मधेसमा शीतलहरले सकस, अधिकतम र न्युनतम तापक्रमबीच धेरै अन्तर

दुईदिनयता पश्चिमी हावासँगै शीतलहरले बढाएको जाडोले मध्यपुर्वी तराई मधेसमा सर्वसाधारणको दैनिकी कष्टकर बनेको छ । प्रदेश नम्बर १ का झापा, मोरङर सुनसरी तथा प्रदेश नम्बर २ का सप्तरी, सिरहा, धनुषा, र महोत्तरीमा दुई दिनयता तापक्रम लगातार गिर्दो छ । 

अमेरिकासम्म मानव तस्करको यस्तो छ जालो

अमेरिकासम्म मानव तस्करको यस्तो छ जालो

नेपालबाट विभिन्न देश हुँदै अमेरिकासम्म मानव तस्करको जालो रहेको पाइएको छ । उनीहरूले मलेसिया, सिंगापुर, बैंकक, नाइजेरिया हुँदै मेक्सिकोसम्मको रुट प्रयोग गर्ने गरेका छन् । लाखौँ रुपैयाँ खर्चेर अमेरिका हिँडेका तीन युवायुवती विभिन्न मुलुकमा अलपत्र परेर नेपाल फर्किएपछि यो तथ्य बाहिर आएको हो ।

राष्ट्रिय सभा - इच्छुक दललाई दल दर्ताका लागि आह्वान

राष्ट्रिय सभा - इच्छुक दललाई दल दर्ताका लागि आह्वान

राष्ट्रिय सभा निर्वाचन अध्यादेश राष्ट्रपति कार्यालयमै अड्किए पनि निर्वाचन आयोगले राष्ट्रिय सभा सदस्य निर्वाचनमा भाग लिन इच्छुक दललाई दर्ताका लागि आह्वान गरेको छ । आयोगले दल दर्ताका लागि १५ दिनको समय दिएको छ ।

दोस्रो बिहे गरेका मनोजराजलाई अन्जुको यस्तो सुझाव

दोस्रो बिहे गरेका मनोजराजलाई अन्जुको यस्तो सुझाव

६ हजार बढी गीतमा स्वर दिएकी अन्जु पन्तलाई लाग्छ ७० प्रतिशत गीतमा आँसुको भाका मिसिएको छ । आफ्नो गीत सुनेर रुनेहरू धेरै भेटेकी छन् । अरू मात्रै होइन उनी आफैं पनि आफ्नै गीत सुनेर रोएकी छन् पटकपटक । आजको राजधानीमा खबर छ ।

मोबाइलमा नेपालीले खर्च गर्छन् दैनिक १८ करोड

मोबाइलमा नेपालीले खर्च गर्छन् दैनिक १८ करोड

झन्डै एक चौथाइ नागरिक गरिबिको रेखामुनि रहेका मुलुकमा दैनिक कम्तीमा १८ करोड रुपैयाँ मोवाइलमा खर्च हुने गरेको तथ्यांक बाहिर आएको छ । मुलुकका दुई ठूला मोबाइल प्रदायक कम्पनीमध्ये एक नेपाल टेलिकमका ग्राहकले दिनमा नौ करोड रुपैयाँ खर्च गरेको देखाएको छ ।

कहाँ हराए पशुपतिका ३५० रोपनी जग्गा ?

कहाँ हराए पशुपतिका ३५० रोपनी जग्गा ?

पशुपति क्षेत्र विकास कोषले पशुपति गुठीको स्वामित्वमा रहेका करिब ३५० रोपनी जग्गा फेला पार्न सकेको छैन । सांसद्को सार्वजनिक लेखा समितिले १२ बर्षअघि साढे तीन सय रोपनी जग्गा खोजी गर्न निर्देशन दिए पनि अझै त्यो काम हुन सकेको छैन । 

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd