चिलिमेको विद्युत् उत्पादन बन्द

चिलिमेको विद्युत् उत्पादन बन्द

विद्युत् प्रसारणको लाइन बिग्रिएपछि चिलिमे जलविद्युत् केन्द्रको २२ मेगावाट विद्युत् उत्पादन कार्य आज दिउँसोेदेखि बन्द भएको छ । बिग्रिएको राष्ट्रिय प्रसारण लाइनलाई मर्मत गरी यथाशक्य चाँडो विद्युत् उत्पादन सञ्चालन गराउन दक्ष प्राविधिकको माग भइसकेको चिलिमे जलविद्युत् केन्द्रले जनाएको छ । 

अम्बे सिमेन्ट प्रालीको इजाजत रद्द

अम्बे सिमेन्ट प्रालीको इजाजत रद्द

नेपाल गुणस्तर तथा नापतौल विभागले अम्बे सिमेन्ट प्राली पर्साको इजाजत रद्द गरेको छ । प्रालिले नेपाल गुणस्तर ४९ ले तोकेकोभन्दा कच्चापदार्थको प्रयोग गरेर उत्पादन गरेपछि विभागले आज आफ्नो विभागबाट प्रदान गरेको प्रमाण चिह्न प्रयोगको इजाजत रद्द गरेको हो । 

मीरगन्ज पुल मर्मत नहुँदा आयात–निर्यातमा असहज, सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु प्रभावित

मीरगन्ज पुल मर्मत नहुँदा आयात–निर्यातमा असहज, सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु प्रभावित

भारतीय पक्षले मीरगन्जस्थित पुल पूर्ण रुपमा मर्मत गरी आयात–निर्यातलाई सहज बनाउने पहल नगर्दा सुनसरी–मोरङ औद्योगिक कोरिडोरका उद्योगहरु प्रभावित भएका छन् । औद्योगिक क्षेत्र प्रभावित भएसँगै विराटनगर भन्सारको राजश्व संकलन पनि आधा घटेको छ ।

तरकारीमा विषादीको प्रयोग अत्याधिक

तरकारीमा विषादीको प्रयोग अत्याधिक

बेमौसमी तरकारी खेतीको प्रचलन बढ्दै जाँदा  तरकारीमा  विषादीको प्रयोग अत्यधिक भएको पाइएको छ । तरकारीमा प्रयोग हुने विषादीले मानव स्वास्थ्यमा मन्दविषको काम गरिरहेको विज्ञहरुको भनाई छ ।

निर्वाचन प्रचारमा सामाजिक सञ्जालमार्फत करोडौं रकम बाहिरयो

निर्वाचन प्रचारमा सामाजिक सञ्जालमार्फत करोडौं रकम बाहिरयो

मंसिर १० र २१ गरी दुई चरणमा हुन गइरहेको प्रदेश सभा र प्रतिनिधिसभाको निर्वाचनमा सामाजिक सञ्जालमा ‘स्पोन्सर’को नाममा मुलुकबाट करोडौँ रुपैयाँ आर्थिक कारोवार भएको छ ।  सामाजिक सञ्जालमा ‘पेज स्पोन्सर’ र ‘पोस्ट बुस्ट’का नाममा प्रतिउम्मेदवारले औसतमा हजार डलर खर्च गरिरहेको फेसबुक स्पोन्सर गराउँदै आएका विज

भारतले रोक्यो ३० मेगावाट बिजुलीको आपूर्ती

भारतले रोक्यो ३० मेगावाट बिजुलीको आपूर्ती

भारतको सर्वोच्च अदालतले शुक्रबार पेटकोक र फर्नेस आयलमा आधारित विभिन्न उद्योगमा प्रतिबन्ध लगाउने आदेश दिएलगत्तै शुक्रबार राति १२ बजेदेखि टनकपुरबाट आयात भइरहेको ३० मेगावाट बिजुली ठप्प भएको छ ।

दशौँ दक्षिण एसियाली आर्थिक सम्मेलन जारी

दशौँ दक्षिण एसियाली आर्थिक सम्मेलन जारी

हिजोदेखि सुरु भएको दशौँ दक्षिण एसियाली आर्थिक सम्मेलन आज पनि जारी रहेको छ । सम्मेलनमा दक्षिण क्षेत्रको विकासका बारेमा छलफल भइरहेकोे  छ । भोलिसम्म चल्ने सम्मेलनले विज्ञहरुबाट समूहगत रुपमा छलफल गरी दक्षिण एसिया क्षेत्रको विकासका लागि ठोस योजना अघि सारिने बताईएको छ  ।

निर्वाचनले बढायो पेट्रोलियम पदार्थको खपत

निर्वाचनले बढायो पेट्रोलियम पदार्थको खपत

निर्वाचन नजिकिँदै जाँदा पेट्रोलियम पदार्थको खपत बढेको छ । आगामी १० र २१ मंसिरमा हुने  प्रतिनिधि र प्रदेशसभाको निर्वाचनका लागि  सवारी गतिविधि बढ्दा पेट्रोल र डिजेलको माग वृद्धि भएको हो । आयल निगमका अनुसार पछिल्लो समय मुलुकभर पेट्रोलको दैनिक खपत करिब १२ सय किलोलिटर पुगेको छ ।

अमलेखगञ्ज–रक्सौल पाइपलाइन तीन वर्षमा सकिने

अमलेखगञ्ज–रक्सौल पाइपलाइन तीन वर्षमा सकिने

नेपाल र भारतका सम्बन्धित अधिकारीले बहुप्रतीक्षित अमलेखगञ्ज–रक्सौल पेट्रोलियम पाइपलाइन परियोजना निर्माणको आज स्थलगत निरीक्षण गर्नुभएको छ । परियोजनाको निरीक्षणका लागि बिहीबार काठमाडौँ आइपुगेको तीन सदस्यीय भारतीय टोली आज नेपाली अधिकारीका साथ स्थलगत निरीक्षणमा गएको नेपाल आयल निगमका प्रवक्ता वीरेन्द्र

एनआरएनए अध्यक्षमा ११ सय ९७ मतका साथ भवन भट्ट विजयी

एनआरएनए अध्यक्षमा ११ सय ९७ मतका साथ भवन भट्ट विजयी

गैरआवासिय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा भवन भट्ट विजयी भएका छन् ।  संघको राजधानीमा भएको आठौं विश्वसम्मेलनबाट अध्यक्षकी प्रत्यासी जमुना घलेलाई भारी मतान्तरले पराजित गर्दै भट्ट विजयी भएका हुन् । गएराती सम्पन्न मतगणनामा भट्टले ११ सय ९७ मत प्राप्त गरेका छन् भने घलेले ५ सय ८४ मत प्राप्त गरेकी छन्।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd