ईपीजी बैठकले सरकारलाई सुझाव पेश गर्दै
 धादिङको पहिरोः पाँच जनाको मृत्यु,७ घर पुरिए 
राजपाको महाधिवेशन तयारी तिब्र
२१३ केजी लागू औषध चरेशसहित भारतीय नागरिक पक्राउ
भदौपछि ललितपुरमा बिजुलीबाट गुड्ने बस चल्ने

भदौपछि ललितपुरमा बिजुलीबाट गुड्ने बस चल्ने

ललितपुर महानगरपालिकाले प्रदुषण कम गर्नका लागि इलेक्ट्रिक बस ल्याउने भएको छ। यसका लागि महानगरले चाइनिज कम्पनी बिवाइडी अटो कोअपरेटिभ लिमिटेडसँग सहकार्य गरेको महानगरका प्रमुख चिरिबाबु महर्जनले जानकारी दिए। महानगरले भदौ मसान्तभित्र तीन वटा इलेक्ट्रिक बस भित्र्याउने लक्ष्य राखेको छ । बस ४० सिटको हुनेछ। ‘प्रदुषण कम गर्नका लागि इलेक्ट्रिक बसले धेरै सहयोग गर्नेछ। त्यसैले हामीले डेमोको रूपमा यो बस प्रयोग गर्नेछौं,’ प्रमुख महर्जनले भने, ‘मलाई जहाँसम्म लाग्छ राम्रै हुन्छ। राम्रो नतिजा दियो भने इलेक्ट्रिक बसलाई नै प्राथमिकतामा राखेर काम गर्छौं।’ महानगरले बस किन्नकै लागि भनेर ३ करोड बजेट छुट्याएको छ। हाल महानगरले साझा यातायातसँग सहकार्य गरी महानगरभित्र बस सञ्चालन गरिहरहेको छ।

नियमावली परित गर्ने तयारी 

नियमावली परित गर्ने तयारी 

संघीय संसदको संयुक्त नियमावली आज पारित हुदैछ । संसदमा पेश भएको संयुक्त बैठक तथा संयुक्त समिति कार्य सञ्चालन नियमावली आज पारित गर्ने तयारी गरिएको छ । त्यसका लागी अपरान्ह ४ बजे संयुक्त बैठक बस्ने तयारी गरिएको संसद सचिवालयले जनाएको छ । संयुक्त बैठक बसेर नियमावली पारित गरेपछि संसदीय समिति गठनको बाटो खुल्नेछ ।

प्रधानमन्त्री ओलीको आज ल्हासा पुग्दै

प्रधानमन्त्री ओलीको आज ल्हासा पुग्दै

चीन भ्रमणमा रहनु भएका प्रधानमन्त्री केपी शर्मा ओली आज ल्हासा प्रस्थान गर्ने कार्यक्रम रहेको छ । ल्हासामा उहाँले नेपाली समुदायसंग अन्तक्रिया गर्ने, पोताला दरबार र जोखाङ मन्दिर अवलोकन गर्ने, कृषि परियोजना निरिक्षण गर्ने लगायत कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ । 

श्रमिकको न्यूनतम परिश्रमिक साउनदेखि लागू हुनेगरी बढाउने तयारी

श्रमिकको न्यूनतम परिश्रमिक साउनदेखि लागू हुनेगरी बढाउने तयारी

विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम परिश्रमिक साउनदेखि लागू हुनेगरी बढाउने तयारी गरिएको छ । विभिन्न क्षेत्रमा काम गर्ने श्रमिकको न्यूनतम परिश्रमिक १७ हजार ५ सय तोकिने तयारी भइरहेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । हाल मजदुरको न्यूनतम परिश्रमिक ९ हजार ७ सय रहेको छ ।  

२५ करोड घोटाला भन्दै मन्त्रालयद्धारा छानबिन सुरु

२५ करोड घोटाला भन्दै मन्त्रालयद्धारा छानबिन सुरु

खानेपानी संस्थानका महानिर्देशक भुपेन्द्र प्रसादले २५ करोड घोटाला गरेको भन्दै नेपाल खानेपानी संस्थानले छानविन सुरु गरेको छ ।  महानिर्देशक प्रसाद विरुद्ध अख्तियार र खानेपानी मन्त्रालयमा पाइप खरिद प्रक्रियामा २५ करोड घोटाला भएको उजुरी परे पछि संस्थानले छानविन सुरु गरेको हो । 

एसइइको परीक्षाफल भोलि सार्वजनिक हुँदै

एसइइको परीक्षाफल भोलि सार्वजनिक हुँदै

२०७४ चैत्रमा सम्पन्न माध्यामिक शिक्षा परीक्षा (एसइइ)को परीक्षाफल बुधवार सार्वजनिक हुँदैछ । परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुर परीक्षाफल प्रकाशित गर्ने अन्तिम तयारीमा रहेको श्रोतले जानकारी दिएको छ ।

Design & Developed by 3d Nepal & Dbros Technology Pvt. Ltd