Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • INTERVIEWS

  • हामी हरेक काममा सरकारको मुख ताक्छौँ त्यो पनि नराम्रो हो - महेश बस्नेत, पूर्व उद्योगमन्त्री एवं नेकपा एमालेका युवा नेता

    May 21, 2016
    महेश बस्नेत नेकपा एमालेका चर्चित युवा नेता हुनुहुन्छ । युवा अवस्थामानै उद्योगमन्त्री बनिसक्नु भएका उहाँ नेकपा एमालेको भातृ संगठन युवा संघ नेपालको पूर्व अध्यक्ष समेत हुनुहुन्छ ।  झण्डै १३ महिनासम्म उद्योग मन्त्री हुँदा युवा रोजगारीका बिषयमा समेत रचनात्मक कार्य अगाडि बढाउनु भएका मन्त्री बस्नेतसँग क्यापिटल एफ.एमका लागि विमलकुमार थापाले गर्नुभएको कुराकानीको सारांश ः  
     
    पछिल्लो राजनीतिक अवस्थालाई यहाँले कसरी हेरिरहनु भएको छ ? 
    ०६२/६३ को आन्दोलन पछि जुन अपेक्षा थियो त्यो हुन सकेन ।  दश बर्षे संक्रमणकाल लम्बिने स्थिती बन्यो र नयाँ संविधान जारी हुन १० बर्ष लाग्यो ।  यो एउटा बिडम्वना हो । नयाँ संविधान जारी भए पछाडी पनि मुलुक समृद्धिको दिशा तर्फ जान्छ, अब जनताको सुख, शान्ति, समृद्धि सुशासनको दिन सुरु हुन्छ भन्ने जुन अपेक्षा हामीसँग थियो त्यो हुन सकेन । भारतको नाकाबन्दीको चपेटामा हामी प¥यौ । त्यो भन्दा अगाडि हाम्रो सामु प्राकृतिक बिपत्तिको कहाली लाग्दो छाप थियो । भूकम्पले मार हानेकै समयमा भारतसँगको केही असमझदारीको कारणले पाँच महिना भन्दा बढी जुन नाकाबन्दीको सामना गर्नुप¥यो,  यसबाट हामी अरु थप नयाँ खालको समस्या तर्फ फसेका छौं र संविधान कार्यान्वयन गर्ने र मुलुकलाई एउटा समृद्धिको दिशामा लैजाने जुन अभिभारा अहिले हामी सामु छ, त्यो अभिभाराको निमित्त असंख्यक बाधाहरु फेरिपनि देखिन खोज्दैछन् । यतिखेर बास्तबमा नेपालको राष्ट्रिय शक्तिहरु जुन रुपले एक ठाँउमा हुनुपर्ने हो, राष्ट्रिय एकता जुन ढंगले प्रकट हुनुपर्ने हो त्यो हुन सकेको छैन । सरकार गिराउने र सरकारको काममा अवरोध गर्ने लगायतका प्रयास हुँदैछन् । एउटा चिन्ताको बीचमा नेपाली समाज छ । र मलाई लाग्छ यो कुराबाट हामी सचेत भएर राष्ट्रिय एकतालाई अगाडि बढाउनुपर्ने जरुरी छ । राष्ट्रिय शक्तिहरु एक ठाँउमा उभिएर राष्ट्रियताको पक्षमा जनजिबिकाको पक्षमा सामाजिक सद्भावको पक्षमा सँस्कृतिको पक्षमा अभियान चलाउनु पर्ने बेलामा अहिले त्यो हुन सकेको छैन । 
     
    यस्तो अवस्थामा युवा पुस्ताको भूमिका चाहिँ कस्तो हुुनुपर्दछ ?  
    नेपालको राजनितीमा युवा बर्गले अझै पनि अपेक्षाकृत भूमिका निर्वाह गर्न सकेको छैन । आम राजनीतिमा युवाहरुले संघर्ष गर्नुपर्ने अवस्था अझै छ । हुन त नेपालको राजनीतिमा पुराना पुस्ताको पालो लगभग सकिएको छ । अब राजनीतिमा प्रधानमन्त्री केपी ओलीपछि दोस्रो र तेस्रो पुस्ता हुँदै युवाको हातमा देशको जिम्मेवारी थपिँदैछ । यो भनेको युवाहरुको लागि एउटा सकारात्मक पक्ष हो । अहिले पनि धेरै युवाहरुले विभिन्न रुपमा स्थान नपाएका चाँहि हैनन् । तर जति मात्रामा पाउनुपर्ने हो त्यो छैन । युवाहरुलाई समाज र देश विकासमा लगाउन सकिन्छ तर त्यो गर्न सकिएको छैन । 
     
    देश निर्माणमा युवाको सहभागिताको निम्ति नेतृत्वको क्षमता कस्तो पाउनुहुन्छ ?
    जहिले पनि समाजको प्रगतिशिल रुपान्तरण अनिवार्य छ । नेपालको राजनीतिक, सामाजिक रुपान्तरण अहिलेको आवश्यकता हो । यसको नेतृत्व युवाले लिनुपर्छ । हरेक पछिल्लो पुस्ताले जिम्मेवारी हस्तान्तरण गर्दै जाने प्रवृत्तिको विकाश हुनुपर्छ । हामीले चाहे जस्तै क्रमिक रुपमा युवाको हातमा जिम्मेवारी आउने वातावरण बनाउनु पर्छ । अहिले विस्तारै केही क्षेत्रमा त्यो अवस्था देखिन थालेको छ । त्यसकारण अहिलेसम्ममा युवाहरु सशक्त बनिसकेका छन् । तर युवाहरु अझ थप जिम्मेवार बन्ने हो भने र काफ्नो कार्य दक्षतालाई अझ प्रभावकारी बनाउने हो भने युवाहरुमा नेतृत्व क्षमता पनि प्रसस्त देख्छु म । 
     
    अहिलेको परिस्थितिमा युवाहरुले उठानु पर्ने बिषय के–के हो ? 
    रोजगारी अहिलेको प्रमुख समस्या हो । युवाहरु विदेशमा छन् एक तिहाई जनसंख्या विदेशमा छ । यो निकै लोभलाग्दो जनसंख्या हो । वैदेशिक रोजगारीलाई इग्नोर गर्न सकिँदैन । तर युवाहरु विदेशिएर आएको रेमिट्यान्सलाई हामीले युवा विकासको क्षेत्रमानै प्रयोग गर्न सक्छौँ । साना तथा घरेलु उद्योग अथवा त्यहि युवाहरुलाई औद्योगिक क्षेत्रमा लगाउन सकियो भने त्यो नै एकदम भरपर्दो विकल्प हो वैदेशिक रोजगारीको । यो बिषयमा म मन्त्री हुँदा देखिनै नयाँ कन्सेप्ट सुरु भएको छ । त्यसलाई आगामी सरकारले पनि रिन्तरता दिँदैछ । 
    युवाहरुको दोस्रो समस्या भनेको शिक्षा हो । उनीहरुले राम्रोसँग पढ्न पाएका छैनन् । यहाँ रोजगारीको अवसर सृजना हुँदैन र सामान्य काममा विदेशिन बाध्य छन् उनीहरु । आफ्नो पहुँच बढाउन उनीहरुलाई पढ्ने वातावरण चाँहि निर्माण हुनैपर्छ । 
     
    झण्डै पचास लाख नेपाली विदेशमा छन् । उनीहरुले पठाएको रेमिट्यान्सले देश चलेको छ भन्छौ ।  यसलाई कसरी हेर्नुहुन्छ ? 
    ग्लोवलाईजेसनको परिभेष अनुसार वैदेशिक रोजगारी सामान्य हो । सबै देशका मानिसहरु वैदेशिक रोगजारीमा छन् । नेपालमै पनि पोखराको प्याराग्लाईडीङ, नेपाली फुटवलमा विदेशी प्लेयर, भारतका नागरिकहरुको नेपालमा रोजगारी त्यसको उदाहारण हो ।  वैदेशिक रोजगारी भनेको सामान्य हो । तर हाम्रा युवाहरु जति मात्रामा वैदेशिक रोजगारीमा आकर्षित बनेका छन् त्यो साँच्चैनै दुःखद कुरा हो ।  नेपालमै पनि धेरै रोजगारीका सम्भावना छन् । सुन पसलमा कालिगढी, कपाल काट्ने, कपडा पसल, विभिन्न साना उद्योगमा भारतीय कामदारहरु बढी छन् ।  त्यो क्षेत्रमा देशकै युवाहरुलाई रोगगारीको अवसर सृजना हुन सक्छ । नीतिगत रुपमा पनि युवा विकासको काम एकदमै ठिकठाक छ । तर भ्रष्टाचार, राजनीतिक अस्थिरताले देशलाई पछाडी धकेलेको छ । सकेसम्म युवाहरुलाई स्वेदशमा काम गर्न सक्ने वातावरण निर्माण गर्न सकिन्छ भनेर लविङ गर्न प्रसस्तै ठाउँहरु छन् ।  कसैको चाकडी नगरी, कसैको गुलामी नगरी युवाहरुलाई यतै काम गर्न सक्षम बनाउने हो भने अर्थतन्त्रमा त्यतिधेरै नकारात्मक असर पर्छ जस्तो मलाई लाग्दैन । तर हामीसँग औद्योगिक चेतना एकमदै कमजोर छ । हामीले आफूले पनि काम गर्ने र अरु २ जनालाई काममा राख्ने व्यवसाय गर्न धेरै लगानी पनि गर्नु पर्दैन । आफ्नै दममा पनि केही व्यवसाय गर्न सकिन्छ । तर हामी हरेक काममा सरकारको मुख ताक्छौँ त्यो पनि नराम्रो हो । 
     
    मुलुकको वर्तमान अवस्थाले गर्दा युवाहरुमा नैराश्यता छाएको देखिन्छ । नयाँ संविधान निर्माण पछि पनि युवाहरुको अवस्था त्यस्तै छ । युवाहरुलाई आत्मनिर्भर बनाइ स्वदेशमै केही गर्न सकिन्छ भन्ने भावना कसरी सिर्जना गर्न सकिन्छ ? 
    यो द्वन्द्वकाल देखिकै समस्या हो । सशस्त्र द्वन्द्वको समयमा तीनवटा ‘बि ’बिदेश, विद्रोह र विकृति बिसंगती तर्फ युवाहरु आकर्षित हुन पुगे । त्यो भनेको निराशाको परिणाम थियो । युवाहरुको त्यो अवस्थालाई मध्यनजर गरेर हामीले विभिन्न अभियानहरु चलाएर उनीहरुलाई सहि ट्र¥याकमा ल्याउने प्रयास पनि ग¥यौं । त्यसले केही हदसम्म काम ग¥यो । युवासंघ, तत्कालीन युथ फोर्स लोकप्रिय हुनुको कारण पनि त्यही हो । तर अहिले पनि देशको अवस्था जस्ताको त्यस्तै छ । संविधान कार्यान्वयनमा समस्या छ । भुकम्पले जनता त्रसित छन् । यस्तो अवस्थामा सरकारका चुनौतीहरु धेरै छन् । तर सरकार बाहिर रहेका राजनीतिक दललहरुले जिम्मेवारी बोध नगर्दा देशमा समस्या छ । यसले युवाहरुमा नेतृत्वप्रति घृणाको भावना पैदा भएको छ । त्यो घृणाले भोलि नराम्रो परिणाम ल्याउँछ । युवाको घृणाको सोचलाई आशा उर्जा र सद्भाव तर्फ परिवर्तन गर्न जरुरी छ । बन्द, हडताल लगायतका काममा युवाहरुको प्रयोग हुँदा युवाहरु प्रति राजनीतिक दलले खेलेको भुमिका सन्तोसप्रद छैन । अब राज्यले यी युवाहरुलाई रचनात्मक कार्यमा प्रेरित गर्नुपर्छ । उनीहरुको व्यवस्थित परिचालन हुनुपर्छ । सबै राजनीतिक विचारधारा भएका, आस्था भएका युवाहरुलाई देश विकासको काममा लगाउन सकिन्छ । युवाहरुले राज्यलाई दबाब दिने, राज्यलाई सहयोग गर्ने, र युवाहरुले पनि विकल्प खोज्ने (सरकारको मात्र मुख नताक्ने ) यी तीनकुरा लागू भएमात्र पनि युवाहरुको चिन्ता केही हदसम्म पूरा हुन्छ । आज भन्दा अगाडि राजनीतिक स्वार्थ पूरा गर्न दलहरुले युवालाई जसरी प्रयोग गरे त्यो सहि थिएन । युवा संघले युवाहरुको हक अधिकार  प्राप्तिको लागि धेरै ग¥यो । तत्कालीन अवस्थामा हामीले उठाएका मागहरु भर्खरभर्खर पूरा हुने अवस्थामा छन् । अहिलेको सरकारले युवाहरुको लागि केही गर्नुपर्छ र गर्छ जस्तो मलाई लाग्छ  । 
     
    तपाई झण्डै १३ महिना सरकारमा उद्योगमन्त्रीका रुपमा जिम्मेवारी पनि निर्वाह गर्नुभयो । आफूले गरेका कार्यको मूल्याङ्कन कसरी गर्नुहुन्छ ?  
    राज्यको प्राथमिकतामा युवाको बिषय कहिलै रहेन । राजनीतिक दलहरुको प्राथमिकता गृह लगायतका मन्त्रालय आफ्नो भागमा पर्छ कि पर्दैन भन्ने ध्यान राजनीतिक दलहरुमा विद्यमान छ । उद्योग मन्त्रालय कुनैपनि राजनीतिक दलहरुको प्राथमिकतामा पर्न सकेन । यसले राज्यको मूल नेतृत्वमानै चेतनाको कमी छ भन्ने पुष्टी गर्दछ । हाम्रो चेतानको स्तर एकदम शून्य छ भन्दा पनि हुन्छ ।  एक निर्वाचन क्षेत्र एक औद्योगीत क्षेत्र निर्माणको प्रयास गर्ने हो भने युवाहरु यतै व्यस्त हुन्छन् । औद्योगीक इन्जीनियर, दक्ष युवाहरु उत्पादन गरेर युवाहरुलाई साना तथा घरेलु उद्योगमा काम गर्ने वातावरण बनाउन सकिन्छ भनेर मैले उतिबेला योजना बनाएँ । तत्कालीन प्रधानमन्त्री सुशील कोईरालासँग सरकारी स्वामित्वमा रहेका बिभिन्न खालि जग्गामा औद्योगीक क्षेत्र निर्माणको प्रयास थालौँ । सकेसम्म युवाहरुलाई यतै काम दिने वातावरण निर्माण गारौँ भनेर प्रस्ताव गरेँ । त्यो बेला तत्कालीन नेतृत्वले युवालाई सिर्जनशील काममा लगाउन त्यत्ति चासो नदिएको मैले बुझेँ । यद्यपि म आफू एक्लै कराएर पनि हुनेवाला केही थिएन ।  मैले भनेका कुराहरुलाई कहिल्यै प्राथमिकतामा राखिएन । प्रधानमन्त्री ज्यूको पार्टीका केही साथीहरुले प्रधानमन्त्री र म बीचमा फाटो ल्याउने काम गरे । नयाँ कन्सेप्ट लिएर पाँच पटक भन्दा बढि प्रधानमन्त्रीलाई मैले भेटेँ । पाँचै पटक प्रधानमन्त्रीले मलाई भन्नु भयो ‘नयाँ कुरा नगर्नुस् उखुको मुल्य तोक्नुस् ।’
     
    राजनीतिक दलहरुले युवाहरुलाई सही ढंगबाट परिचालन गर्न सकेका छन् त ? 
    स्वभाविक रुपमा विगतमा राजनीतिक दलहरुले युवाहरुलाई आफ्ना स्वार्थमा केन्द्रित राजनीतिक गतिविधिहरुमा संलग्न गराएकै हुन् । युवाहरुलाई विशेषतः हिंसात्मक राजनीतिक आन्दोलनमा केन्द्रित गराउने कार्य भयो । त्यसैले हामीले बुटवल महाधिवेशनबाट युवाहरुले बन्द, हड्ताल नगर्ने निर्णय ग¥यौं । जसलाई हामीले अहिलेसम्म पनि निरन्तरता दिइरहेका छौं । अहिलेको युवा सचेत र जुझारु युवाका रुपमा अगाडि आइरहेको छ राजनीतिक रुपमै पनि । त्यसैले उनीहरुको सिर्जनशीलतालाई प्रष्ट ढंगल राज्यले प्रयोग गर्न सक्नुपर्दछ । राष्ट्रिय विकासका मूल सरोकारका मुद्धाहरुमा सिर्जनशील युवाहरुको सहभागिता गराउन राज्यले विशेष कार्यक्रम ल्याउनु जरुरी छ । त्यसो त अहिलेको युवाहरुले पनि आफ्नो भूमिका र जिम्मेवारीलाई पुनर्परिभाषित गर्नु जरुरी छ । राजनीतिक आस्था र विश्वासलाई सँगै अगाडि बढाउँदै सिर्जनशील कार्यमा आफूलाई अव्यस्त बनाउनु जरुरी छ ।  
     
    अन्त्यमा,राजनीतिक रुपमा तपाईले प्राप्त गर्नुभएको सफलतालाई कसरी हेर्नुभएको छ ? तपाईबाट युवाहरुले के सिक्न सक्दछ ? 
    म एउटा समान्य परिवारमा जन्मिएको व्यक्ति हुँ । मलाई यहाँका बिभेद, असमानता लगायतका कुराहरु राम्रोसँग थाहा छ । मेरो बाल्यकालमा आफ्नै नेतृत्वमा स–साना क्लवहरु गठन गर्ने र गाउँ निर्माणका लागि साना–साना कुराहरु गरेर सुरु भएको हो । विस्तारै विद्यार्थी राजनीति आकर्षित भएँ ।  
    पढाइको सिलसिलामा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुमा आबद्ध बने । तर अझै सम्झना छ   अनेरास्ववियुमा राजनीति गर्दा पनि मलाई पदको लोभ कहिल्यै गरिन । म सकेसम्म अरुलाई जिम्वेवार बनाउन लागिपरेँ ।  जीवनको आरोह अवरोहमा विस्तारै युवा संघ हुँदै यो अवस्थासम्म आएको हुँ । म माथि धेरै आलोचना पनि भए । प्रशंसा पनि भए, योगदान दिने अवसर पनि आए । जीवनमा धेरै चुनौतीहरु पनि समाना गरेको छु । भोगाइको क्रममा जीवनलाई समृद्ध बनाउन सिकेको छु । मैले मन्त्री हुँदा देशको सेवामा जेजती काम गरेँ, आफूले सक्नेजति गरेँ  । म भन्दा माथिल्लो पोस्टमा रहेका हरुले आफ्नो पार्टीको कुरा सुनेर मलाई स्वतन्त्र रुपमा काम गर्न नदिएकै हुन् । तर मैले जेजती मौका पाएँ सबैको सदुपयोग गरेको छु । मैले अहिलेसम्ममा के बुझेको छु भने हाम्रो नकारात्मक टिप्पणी गर्ने बानी छ । रातको आलोचना गर्ने हैन सानो भए पनि दियो बालौँ । सबैको योगदानबाट मात्र मुलुक बन्छ युवाहरुलाई मेरो आह्वान छ । कुरा रह्यो उमेरको... उमेर देश सेवामा बाधक बन्दैन कम समयमानै देशको सेवामा समर्पित हुन पाउनु भनेको अझैँ बाँकि रहेको उमेर देशको नाममा चढाउन पाउनु हो । 
     
  • 7

    More Interview

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 
C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope