Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • भूकम्प पीडितको बास अझैपनि पशु चौपाया सँगै गोठम

    January 20, 2017

    काठमाण्डौ माघ ०७ । गोरखा सिम्जुङका भगवान गुरुङ जस्तै धरै भूकम्प पीडितको बास अझैपनि पशु चौपाया सँगै गोठमैै छ । भूकम्प गएको बिस महिना वित्दा पनि न त सरकारले दिएको अनुदानले नै भूकम्प पीडितको घर ठ्डायको छ न त पुन निर्माणमा खटिएका प्रविधिकले नै सहयोग गरेका छन् । सरकारले समयमै अनुदान रकम नबाढ्दा अनि प्राविधिकहरु गाविसमा नहुदा भूकम्प पीडित घर कसरी बनाउने अन्योलमा परेका छन् ।
    माघको ठण्डिमा टहराको बासले भूकम्प पडितको जनजिवन प्रभावित भएको छ । बालबालिका र बृद्धबृद्धा मात्रै नभएर ठूला मान्छेलाई नै रुघाँ खोकी, टाउको दुख्ने, निमोनिया जस्ता रोगले सताएको छ । पुस माघको चिसोेलाई अइस्थाई टहरोले नधान्दा विरामि परेको बताउनुहुन्छ गोरखा लापु गाविसका इमानसिङ गुरुङ ।
    समयमै अनुदान नपाउदा अनि पुन निमार्णमा सघाउने प्रविधिकहरु पनि गाउँमा नहुदा त्यसको प्रत्यक्ष मारमा भूकम्प पीडित परेका छन् । कहिले अनुदान पाउने र घर बनाउँने भूकम्प पीडितमा अन्यौलमा छन् । छिटो छिटो परिवर्तन हुने सरकार र सरकार फेरिए सँगै त्यसको प्रभाव पुन निमार्ण प्रधिकरणमा पर्दा पुन निर्माणको कामले तीव्रता लिन सकेको छैन् । अधिकांस भूकम्प पीडित सरकारको सहयोगको आशमा टहरोमा बसिरहेका छन् । पुन निमार्णको कामलाई सघाउन नेपाली सेना र सशस्त्र प्रहरीलाई खटाएर पुन निमाणलाई तीव्रता दिनको लागि मोडालिटि बनाउन प्राधिकरण जुटिरहेकोे बताउनुहुन्छ पुन निमार्ण प्रधिकरणका सह प्रवक्त्ता भिष्मराज भुसाल
    भूकम्प गएको २२ महिना बित्न लाग्दा पनि सरकारले भूकम्प प्रभावितहरुको निम्ति स्पष्ट कार्ययोजना ल्याउन नसक्दा प्रभावितहरुको यसपालीको जाडो पनि उत्तिकै जाने भएको छ । भूकम्प प्रभावितहरुले राहत तथा अनुदान प्राप्त गर्न नसक्नुमा राजनीतिक अस्थिरता प्रमुख कारण मानिएतापनि मूल रुपमा सरकारको कमजोर इच्छाशक्ति नै कारक मान्ने गरिएको छ । यो अवस्थामा राज्यका सरोकारवाला निकायको गम्भीर सरोकार र क्रियाशीलता अहिलेको आवश्यकता हो ।

    क्यापिटल रिपोर्टर, संजीता देवकोटा, काठमाण्डौ ।
     

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope