Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • दुईको शव फेला

    August 13, 2017

    काठमाडौं, २९ साउन । केही दिनदेखिको अविरल वर्षापछिको बाढीपहिरोमा परी बेपत्ता भएकामध्ये दुई जनाको शव फेला परेको छ । कैलालीको पूर्वी क्षेत्र टीकापुर नगरपालिका–२, सीतापुरको रानी कुलोमा शनिबार एक पुरुषको शव फेला परेको छ । 


    कैलाली र बर्दियाको सीमा नदी कर्णालीबाट टीकापुरतर्फ आएको रानी कुलोमा केही दिनदेखि पानीको सतह बढेको अवस्थामा अन्दाजी ५०÷५२ वर्षका देखिने पुरुषको शव फेला परेको हो । 

    शवको सनाखत हुन नसकेको टीकापुर इलाका प्रहरी कार्यालयले जनाएको छ ।

    यस्तै खोटाङको उत्तरी क्षेत्रमा पर्ने केपीलासगढी गाउँपालिका–४ बाक्सिलाका सात वर्षीय रोविन राई मृत फेला परेका छन् । 


    साउन २३ गतेदेखि हराएका राई सोही गाउँपालिका वडा नं ५ स्थित तापखोलामा मृत फेला परेका हुन् । 

    माछा मार्न गएका स्थानीयवासीले बालकको शव खोलाको पानीमा तैरिरहेको अवस्थामा फेला पारेपछि प्रहरीलाई खबर गरेका थिए । शव परीक्षणका लागि जिल्ला अस्पताल दिक्तेलमा ल्याइएको प्रहरीले जनाएको छ । 

    साथीहरुसँग माछा मार्न गएका बालक ढुंगामा चिप्लिएर खोलामा बेपत्ता भएका थिए । बेपत्ता बालकको आफन्तले खोजी गरे पनि फेला पार्न सकेका थिएनन् ।

     

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope