Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • संगीत पारखीको ढुकढुकी कु गो म्यूजिक -विमलकुमार थापा

    July 07, 2017
    क्वाङजोङ्ग, चाइना  । विकासका पूर्वाधारहरुसँगै अगाडि बढिरहेको चीनको क्वाङतोङ्ग प्रान्तको क्वाङजोङ्ग शहर संगीतका पारखीहरुका निम्ति समेत उद्गम स्थलका रुपमा विकसित भएको छ । खासगरी युवापुस्ताको प्रत्यक्ष संलग्नतामा सञ्चालनमा रहेको शहरको कु गो म्यूजिकले संगीत सुन्न चाहने चिनियाँ नागरिकहरुलाई इन्टरनेट सुविधा मार्फत आफूले चाहेको गीत सुन्न सक्ने व्यवस्था मिलाएको छ । 
    सन् २००४ मा स्थापना भएको कु गो कम्प्युटर साइन्स एण्ड टेक्नोलोजीले इन्टरनेट मार्फत संगीतका पारखीहरुका निम्ति एउटा राम्रो मञ्च उपलब्ध गराएको छ । आफूले चाहेको संगीत जुनसुकै बेला सुन्न सकिने यो प्रविधि खासगरी युवा पुस्ताका निम्ति अत्यन्तै लोकप्रिय बनेको छ । 
    यु गो म्युजिकको हरेक महिना ६ सय मिलियन प्रयोगकर्ता रहेकोमा प्रत्यक्ष रुपमा ल्यापटप र मोबाइलबाट झण्डै ४ सय ५० मिलियन श्रोताले यु गो म्युजिक मार्फत आफूलाई मनपरेको संगीत सुन्ने गरेको कम्पनीले जानकारी दिएको छ । चीनमा डिजिटर प्रविधि मार्फत यसरी श्रोताहरुका संगीत सुनाउन सक्ने यु गो कम्पनी पहिलो र एक नम्बरको रहेको कम्पनीका उपनिर्देशक जाओ हाइ जू ले जानकारी दिनुभयो । 
    क्वाङजोङ्ग शहरको अर्काे विशेषता भनेको पर्यावरणमा पनि उत्तिकै ध्यान दिनु  रहेको छ । भौतिक संरचनामा जसरी शहरले आफ्नो स्वरुप फेरिरहेको छ, त्यसरी नै वातावरण र पर्यावरणमा पनि चासो दिन थालिएको छ । यसको प्रत्यक्ष उदाहरण दगाऔं वेटल्याण्ड पनि हो । ताइने स्मार्ट सिटीको परिकल्पना सहित शहरलाई कार्बन रहित बस्ती विकास गर्न र वातावरण अनि पर्यावरणमा समेत विशेष ध्यान दिएर शहरको दक्षिणी भागमा झण्डै ६३ स्क्वायर किलोमिटरमा यो वेटल्याण्डको विकास गरिएको छ । यहाँ पर्यावरणीय दृष्टिकोणले हरियाली जंगलसहितको पार्क, नदी, ताल तलैयाको समेत व्यवस्था गरिएको छ । आधुनिक जीवनशैलीका निम्ति भौतिक पूर्वाधारहरु निर्माण गरिएको छ भने त्यसको लागि पर्यावरणीय दष्टिकोणले विशेष ध्यान दिइएको क्वाङचाऔ ताइने सफ्टवेयर पार्कका उपनिर्देशक वाङ सङ्ग मियाऔंले जानकारी दिनुभयो । 
    क्वाङजोङ्ग शहर आफूले मात्र आर्थिक बृद्धि गरिरहेको छैन । आफ्नो व्यापार र औद्योगिक विकासलाई विश्व बजारसम्म पु¥याउने कार्यमा समेत दत्तचित्त भएर लागेको छ । ताइनहे सिविडी क्षेत्रमा अवस्थित व्यापारिक क्षेत्रमा भव्य सपिङ मल लगायत क वर्गका कार्यालय सहितको टावर रहेको छ । शहरको दक्षिणी भूभागमा रहेको अत्याधुनिक यो व्यापारिक केन्द्र ३ लाख ५८ हजार वर्ग मिटरमा फैलिएको छ । जहाँ व्यवसायिक, व्यापारिक, मनोरञ्जन,बाणिज्य र सँस्कृतिक, कलाको समेत समीश्रण भेटिन्छ । 
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 
C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope