Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • नेपाली मूलका अधिकारी डिसीको आयोग सदस्य नियुक्त

    June 14, 2017

    वाशिंगटन डिसी, अमेरिका । वाशिंगटन डिसीका नगर प्रमुख म्युरिएल बाउजरले नेपाली मूलका अधिवक्ता निरन्जन अधिकारीलाई एसियन तथा प्रशान्त महासागर द्वीपवासी समुदाय विकास आयोगको सदस्यमा मनोनयन गरेकी छिन् l डीसी महानगरकी नगर प्रमुख बाउजर (murial bowser ) ले उनलाई सो पदमा मनोनयन गरेकी हुन् l महानगर प्रमुख बाउजरले डिसीका परिषद सभापति फिल मेनडेलसन्लाई पत्राचार गर्दै उक्त जानकारी गराएकी छिन् l

    मनोनित आयोग सदस्य अधिकारी तीन बर्षको लागि नियुक्त भएका छन् । उनी अप्रिल १७ ,२०२० सम्म को लागि मनोनित भएका छन् l कानुन ब्यबसायी अधिकारीले डिसीमा आफ्नो कानुन परामर्श तथा कानुन व्यवसाय संचालन गर्दै आएका छन् l डिसी महानगर क्षेत्रमा एउटा जिम्मेबार पदमा नेपाली मुलका व्यक्तिलाई मनोनित गरेकोमा डिसी क्षेत्रका नेपाली समुदायले खुसी व्यक्त गरेका छन् l

    अधिकारीले यस्ता आयोगमा १५ सम्म सदस्य हुन् सक्ने तर अहिलेसम्म १२ जना मनोनित भएका जानकारी दिए । यस्ता सदस्यहरुले शहर बिकासको लागि सर सल्लाह र सुझाव दिने गर्दछन् l यो सामुदायिक नियुक्ति हो र मासिक बैठक हुने हुनाले जन सम्पर्क हुने हुनाले आफ्नो लागि ठूलो अवसर भएको उनले बताए l

    अध्ययन को शिलशिलामा अमेरिका आएका अधिकारी अधिवक्ता हुन् भने ८ बर्ष देखि यस क्षेत्रमा रहेका सामाजिक संघ/संस्थामा पनि आबद्ध छन् l

    उनले नेपाली समुदायले समेत मौका पाएकोमा आफुलाई दिएको जिम्मेबार ईमान्दारिता साथ काम गर्ने प्रतिबद्धता जाहेर गरेका छन् l उनको यो मनोनयन लाई समर्थन को लागि परिषदलाई छिटो भन्दा छिटो निश्चित गरि पाऊ भनि नगर प्रमुखले म्युरिलले पत्राचार गरेकी छिन् ।

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope