Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • चीनप्रति नेपाली जनमानसमा उच्च सम्मान

    June 07, 2017
    काठमाण्डौ जेठ २३ । पूर्व प्रधानमन्त्री एवं एमाले नेता माधवकुमार नेपालले प्रत्येक नेपाली जनमानसमा छिमेकी मुलुक चीनप्रति अत्यन्तै सम्मान रहेको बताउनुभएको छ । उहाँले चीनप्रति बढ्दै गएको प्रगाढ सम्मान र सम्बन्धप्रति नेपाली जनताले गर्व महसुस गरेको समेत बताउनुभयो । काठमाण्डौमा आजबाट सुरुभएको चीनको तिब्बत संस्कृति काठमाण्डौ फोरमको उद्घाटन कार्यक्रममा नेपालले चीन र नेपालको सम्बन्ध सदियौंदेखिको भएको बताउनुभयो । नेपालसँग सिमाना जोडिएको चीनको तिब्बतको समृद्धिबाट नेपालले पनि भरपुर फाइदा लिन सक्ने उहाँले बताउनुभयो । नेपाल एक चीन नीति प्रति प्रतिबद्ध भएकाले नेपालमा चीन विरोधी कुनैपनि गतिविधि हुन नसक्ने उहाँले बताउनुभयो । 
    कार्यक्रममा उप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महराले चीनको तिब्बत संस्कृति काठमाण्डौ फोरमले तिब्बतको भाषा, संस्कृति र समृद्धिका बारेमा नेपाली जनतामाफ यथेष्ट जानकारी दिने बताउनुभयो । दुईदेशका प्राज्ञिक व्यक्तिहरुको सहभागितामा भइरहेको यो फोरमबाट दुईदेशको धार्मिक, साँस्कृतिक र सामाजिक विकासको बहुआयामिक पक्षका बारेमा जानकारी दिन सहयोगी भूमिका निर्वाह गर्ने महराले बताउनुभयो । 
    सोही कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत यू हङले चिनियाँ राष्ट्रपति सि जिङफिङले ल्याउनु भएको एक प्रदेश एक मार्ग अवधारणामा नेपालले हस्ताक्षर गरेर दुई देशबीचको सम्बन्धमा एउटा सकारात्मक सन्देश दिएको बताउनुभयो । उहाँले नेपालले विगतदेखि नै चीनको स्वसाशित क्षेत्र तिब्बतबीचको सम्बन्धलाई विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेकोमा सह्राना गर्नुभयो । 
    सोही कार्यक्रममा चीन तिब्बतशास्त्र अनुसन्धान केन्द्रका उपनिर्देशक एन किइले बौद्ध धर्मका प्रणेता गौतमबुद्धले प्रतिपादन गरेको बुद्ध धर्म चीनमा धेरै पहिलादेखि प्रचलनमा रहेकोले चीनको नेपालसँगको सम्बन्ध धार्मिक रुपमा समेत उच्च रहेको बताउनुभयो । उहाँले चीन तिब्बतशास्त्र अनुसन्धान केन्द्रले तिब्बती संस्कृति, धर्म र सामाजिक पक्षमा अध्ययन र अनुसन्धान गरिरहेकाले यो फोरममा पनि दुई देशबीचको धार्मिक र साँस्कृतिक सम्बन्धमा बारेमा बृहत छलफल हुने बताउनुभयो । 
    फोरममा तीब्बका १७ जना र नेपालका १७ जना विद्धानहरुले विभिन्न कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको नेपाल अरनिको सामाजका अध्यक्ष डा.सर्वाेत्तम श्रेष्ठले जानकारी दिनुभयो । 
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope