Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • नेपालले भनेको स्थानबाट ओवोर लिंक गर्न चीन तयार

    May 26, 2017

    २०७४, जेष्ठ २५ ।

    चीनले नेपाल सरकारले प्रस्ताव गरेको स्थानबाट नेपालसँग एक पाटो एक बाटो (वान वेल्ट वान रोड– ओवोर) लिंक गर्ने र यसको लागि नेपाल सरकारले प्रस्ताव पेस गर्नुपर्ने धारणा अघि सारेको छ । नेपाल विश्व सम्बन्ध परिषद्ले काठमाण्डौमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा चीनियाँ उपमन्त्री लिउ हङकाइले यस्तो धारणा राख्नुभएको हो । 
    कार्यक्रमका प्रमुख वक्ता चीनियाँ उपमन्त्री लिउले नेपाल र चीनबीचको सम्बन्ध इतिहासदेखि उच्च स्तरको रहेको र नेपाल चीनको असल छिमेकी रहेको वताउनु भयो । उक्त अवसरमा नेपाल सरकारले भर्खरै गरेको ओवोरको हस्ताक्षर गरी नेपालले विकासको ढोका खोलेकोमा खुशि व्यक्त गर्नु भयो । चिनले ओवर कनेक्टीभिटिमा नेपालको पूर्वाधार, आर्थिक, सामाजिक, सञ्चार, प्रविधि जस्ता विविध क्षेत्रमा सहयोग गर्ने वताउनु भयो । ओवोरको हस्ताक्षरपछि नेपालले कुन कुन क्षेत्रमा चीनको सहयोग लिने हो स्पष्ट खाका तयार गर्नुपर्ने र सोही अनुसार चीनले पनि नेपालको पूर्वाधार विकासमा निःस्वार्थ सहयोग गर्ने कुरा स्पष्ट पार्नु भयो ।
    चीनले नेपालको विकासको लागि यसअघि गरेका औद्योगिक विकासको परिचर्चा गर्दौ चीनले सदैव नेपालको हित सोचेको र कुनैपनि अवस्थामा नेपाललाई फाइदा पुग्ने अवस्थामा सहयोग गर्ने जसको लागि नेपालको आन्तरिक राजनीतिमा स्थायीत्व हुनुपर्ने वताउनु भयो । वर्तमान सरकारको सकारात्मक भूमिकाले गर्दा ओवोरमा हस्ताक्षर गरी नेपाल विश्वका १०० देशसँगको आत्मीयता समाहित भएको वताउनु भयो । विश्वका देशका विभिन्न संघ संगठनहरु पनि ओवोरको सदस्य रहेको चर्चा गर्दै नेपाल भ्रमणका लागि उचित वातावरण तयार गरेकोमा परिषद्को सराहना गर्नु भयो । ओवरले देश–देशबीच मात्र नभै जनता जनता बीचको सम्बन्ध पनि अझ मजवुुद हुने उहाँले बताउनु भयो । 
    कार्यक्रमका नेपाल विश्व सम्बन्ध परिषद्का अध्यक्ष हेमन्त खरेलले नेपाल सरकारले ओवोमा हस्ताक्षर गरिसकेकोले चीनले असल छिमेकी नेपालको पूर्वाधार विकासमा सहयोग गरी आर्थीक समृद्धिमा टेवा पु¥याउने खालको विकासमा सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नु भयो । उक्त अवसरमा परिषद्ले विभिन्न समयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम गरी नेपाल सरकार लाई सल्लाह र सुझाव उपलब्ध गराउने जानकारी दिनु भयो । महासचिव असिम थापाले सरकारले ओवोरमा हस्ताक्षर गरिसकेकोले परिषद्ले पनि यसलाई स कारात्मक रुपमा लिएको र ओवोर बाट नेपालले भरभपुर फाइदा लिन सक्नुपर्ने अवधारणा व्यक्त गर्नु भयो । 
    नेपाल सरकारले केही दिन अघिमात्र गरेको एक पाटो एक बाटो (वान वेल्ट वान रोड– ओवोर) मा हस्ताक्षर गरेको सन्दर्भमा जनस्तरमा ओवोरको प्रतिकृया र अवधारणा बुझ्न तीन दिने नेपाल भ्रमणमा आएको उक्त टोली ६ सदस्यीय रहेका छन् । तीन दिने नेपाल वसाइको क्रममा उक्त टोलीले विभिन्न उच्च राजनैतिक भेटघाट गरी ओवोरमा नेपालको धारणा बुझ्ने कार्यक्रम रहेको छ । 
    कार्यक्रममा वक्ताहरुलाई ओवोर, अन्तर्राष्ट्रिय समस्या, सीमा, यातायात समस्या, कुटनीतिक विकास, आर्थिक नीति जस्ता विविध क्षेत्रमा विद्वानहरुले प्रश्न गर्नु भएको थियो । उक्त अवसरमा सरकारको प्रयास र निजी क्षेत्रको सहयोगमा ओवोरमा हस्ताक्षर भएकोमा सरकारको सराहना गरिएको थियो भने ओवोरको प्रतिफल हेर्न वाँकी रहेको प्रतिक्रिया पनि आएको थियो । उक्त कार्यक्रममा परराष्ट्र मन्त्रालयका प्रतिनिधिहरु, विभिन्न कुटनीतिक, राजनीतिक, सामाजिक, आर्थिक तथा साँस्कृतिक क्षेत्रका व्यक्तित्वहरु र सञ्चार माध्यमको वाक्लो उपस्थिति रहको थियो ।

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope