Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • अमेरिकामा नेपाल डे परेडको तयारी अन्तिम चरणमा

    May 21, 2017
    ज्याक्सन हाइट, न्युयोर्क, अमेरिका, २० मे, २०१७ । 
    नेपालीहरूको पहिचानलाई एकताबद्ध गर्दै नेपाली कला–संस्कृतिको परिचय दिने उद्देश्यले आयोजना गर्न लागिएको दोस्रो नेपाल डे परेडको तयारी अन्तिम अवस्थामा पुगेको छ । 
    न्युयोर्क शहरको केन्द्र मानिने म्यानह्याटनमा भोलि मे २१ मा आयोजना गरिने परेडको तयारी बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा संयोजक मंगलदास श्रेष्ठले यो जानकारी दिनुभएको हो । 
    उहाँका अनुसार यस वर्ष परेड मेनह्याटनमा मेडिसन एभिन्युको ३८ स्ट्रिटबाट सुरु भई मेडिसिन एभिन्युकै २७ स्ट्रिटमा गएर टुंगिने छ । २५ र २४ स्ट्रिटको बीचमा परेड समापन गर्दै दुई घण्टासम्म सांस्कृतिक कार्यक्रम गरिने छ । 
    कार्यक्रममा उद्योगमन्त्री नवीन्द्रराज जोशी प्रमुख अतिथिका रूपमा आउनु हुने भएको छ भने अमेरिकाका विभिन्न क्षेत्रका व्यक्तित्वहरूलाई पनि निम्त्याइएको छ । सांस्कृतिक झाँकी व्यवस्थापनका संयोजक मणि वाङ्देलले ३२ वटा सांस्कृतिक झाँकी प्रदर्शन गरिने जानकारी दिनुभयो । परेडका लागि आयोजक संस्था ५५ वटा रहेका छन् । नेपाली महावाणिज्य दूतावास दोस्रो न्युयोर्क नेपाल डे परेड २०१७ को सहयोगी साझेदार रहेको छ । 
    मंगलदास श्रेष्ठ संयोजक रहनुभएको स्टेरिङ कमिटीमा रविकिरण कोइराला, उर्गेन शेर्पा, सिर्जना स्याङदान, कुन्ती थापा, गीता पन्थ, राजु सिंखडा, सुमन बुढामगर, अमित शाह, संगिनी रानामगर तथा भोजराज थोकर सदस्य रहेका छन् । 
    यस्तै परेडलाई सफल र व्यवस्थित बनाउनका लागि विभिन्न समिति र उपसभितिहरू पनि गठन गरिएका छन् ।   
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 
C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope