Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • हमासका नेता फुकाहाको हत्याका आरोपित पक्राउ

    May 11, 2017

    गाजा, २८ वैशाख । हमासका वरिष्ठ कमान्डर माजेन फुकाहाको हत्यामा संलग्न भएको आरोपमा एक व्यक्ति पक्राउ भएको इस्लामिक हमास आन्दोलनका नवनिर्वाचित प्रमुख इस्माइल हानियाले बिहीबार बताउनुभएको छ । 


    गाजा सहरमा भएको प्रेस सम्मेलनमा हमास नेता हानियाले फक्राउ परेका व्यक्तिले आफूले हत्या (अपराध) गरेको स्वीकार गरेको बताउनुभयो । 

    “फुकाहाको हत्याका लागि इजरायलले निर्देशन दिएको अनुसन्धानका क्रममा खुलेको छ” हानियाले बताउनुभयो । 

    हमास नेता फुकाहालाई गत मार्च महिनाको २४ गते गाजा सहरको दक्षिणपूर्वमा अवस्थित एक भवनको गेट नजिकै गोली हानी हत्या गरिएको थियो । 

    हमास नेता फुकाहालाई इजिप्टको पहलमा भएको बन्दी रिहाइसम्बन्धी इजरायल¬–हमास सम्झौताअनुसार सन् २०११ को अक्टोबरमा भएको थियो । 

    फुकाहालाई सन् २००२ मा नौ जना इजरायली नागरिकको हत्या प्रकरणमा जेल सजाय दिएको थियो । फुकाहाले आफ्ना उच्च नेतालाई गाजा क्षेत्रमा इजरायली सेनाले मारेको बदलास्वरुप इजरायलमाथि आक्रमण गरेका थिए । 

    फुकाहालाई इजरायलको निर्देशनमा हत्या गरिएको भन्ने आरोपप्रति इजरायलद्वारा तत्कालै कुनै प्रतिक्रिया जनाएको छैन । सिन्ह्वा 

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 
C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope