Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • साउथ डकोटामा ज्यान गुमाएका अरबिनको अन्त्येष्टि

    May 04, 2017
    व्याकुल पाठक
    सु फल्स, साउथ डकोटा, अमेरिका । 
    साउथ डकोटास्थित पालिसेड्ज स्टेट पार्कमा पिकनिक मनाउन गएको बेला पौडी खेल्न नदीमा हामफालेका अरबिन थापाको आज १२ दिनपछि अन्त्येष्टि गरिएको छ । 
    हिन्दू संस्कार अनुसारको जलाएर अन्त्येष्टि गर्ने स्थान अरबिनको कलेज र अपार्टमेन्ट भएको स्थाननजिक नभएकोले १३० किलोमिटर टाढा साउथ डकोटास्थित सु फल्समा विद्युतीय शवदाहगृहमा उनको शव पुर्‍याइएको थियो । अन्त्येष्टिमा मिनिसोटामा रहेका नेपालीहरूको उपस्थिति थियो । नेपालबाट अभिभावक आउन समय लागेकोले अन्त्येष्टिमा ढिलाइ भएको हो ।
    पौडी खेल्न नदीमा हामफालेका उनी दुई मिनेटसम्म माथि ननिस्किएपछि सँगै गएका साथीहरूले प्रहरीलाई खबर गरेका थिए । खबर पाएको १० मिनेटमै प्रहरी पुगेर खोजीकार्य सुरु गरेका थिए । अथक प्रयास गर्दा पनि भोलिपल्ट मात्र उनको शव हामफालेको स्थानभन्दा ५० मिटर तल १२ फिट पानीमुनि भेटिएको थियो ।    
    लमजुङ, भोटेओडारका सूर्यबहादुर थापा र उनकी पत्नीले अरबिन राम्रो पौडीबाज भए पनि कसरी सानो नदीले छोरालाई निल्यो भन्ने कुनै भेउ पाउन सकेका छैनन् । जानकारहरूका अनुसार बिग सु नदी त्यति ठूलो नभए पनि अत्यधिक चिसो पानी र ठाउँ ठाउँमा धाप भएकोले खतरनाक मानिन्छ । यसै कारण स्थानीय प्रशासनले पौडी खेल्न प्रनिबन्ध लगाएको छ । तर त्यसलाई बेवास्ता गर्दै अरबिन नदीमा हेलिएका थिए । 
     
  • Go to National News Go to Sports News Go to International News

KATWOOD

Recent News

 
C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope