Trouble in Listening ? Visit live page
LIVE
RADIO
  • NEWS

  • डेढ बर्षपछि निर्वाचन आयोगले पूर्णता पायो

    February 16, 2017

    काठमाण्डौ फागुन ०५ । निर्वाचन आयोगले डेढ वर्षपछि पूर्णता पाएको छ । डेढ बर्षदेखी आयोगमा प्रमुख निर्वाचन आयुक्त र एकजना आयुक्तमात्रै रहेकोमा आज थप ३ जना आयुक्तको नियुक्ति भएको हो । आयोगले ३ जना जना आयुक्त थपिएसंगै प्रशासन, कानुन तथा राजनीतिक दल, निर्वाचन व्यवस्थापन, तालिम तथा वैदेशिक समन्वय र प्रविधि सहित सबै शाख सुचारु हुने र चुनावको तयारिले तिव्रता पाउने जनाएको छ । विज्ञता र क्षेत्रका आधारमा काम गर्नुपर्ने आयुक्त नहुंदा निर्वाचनसम्बन्धी कानुन निर्माण, निर्वाचन शिक्षा, मतदाता नामावली संकलन, प्रविधिलगायतको व्यवस्थापनमा समस्या परिरहेको आयुक्त इला शर्माले जानकारी दिनुभयो ।
    संघ, प्रदेश र स्थानीय तहको निर्वाचनको तयारिमा जुटेको आयोमा आजदेखि सुधीरकुमार शाह, नरेन्द्र दाहाल र इश्वरि प्रसाद पौडेल थपिएका हुन् । कांग्रेस निकट पौडेल पूर्व रक्षा सचिव हुनुहुन्छ भने एमाले निकट दाहाल केही समय निर्वाचन आयोगको सचिव भएर अवकास पाउनुभएको थियो । माओवादी कोटामा सदस्य सिफारिश साह भने गृह मन्त्रालयको अवकाश प्राप्त सहसचिव हुनुहुन्छ । संवैधानिक परिषद् र संसदीय सुनुवाई विशेष समितिको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले तीनै जना आयुक्तलाई आजै सपथ गराउनुभएको हो ।।।।।
     

  • Go to National News Go to Sports News Go to International News

KATWOOD

C M G {CAPITAL MEDIA GROUP} CAPITAL FM 92.4 MHZ KathmaNdu
Capital Honor of the Month CAPITAL BAND OF D MONTH - POUSH 073 (THE MIC) CAPITAL FM 92.4

Opinion Poll

Today's Weather Forecast

  Today Tomorrow
Place   Min Max   Min Max
Kathmandu °C °C °C °C
Pokhara °C °C °C °C
Biratnagar °C °C °C °C
Birganj °C °C °C °C
Bharatpur °C °C °C °C
Mahendranagar °C °C °C °C
Nepalganj °C °C °C °C
Butwal °C °C °C °C
Dhangadhi °C °C °C °C
Tikapur °C °C °C °C
Source: World Weather Online

Bullion

Currency Unit Buying Selling
* Exchange rates fixed by Nepal Rastra Bank

Your Horoscope